झिलझिले, ३ पुष–झापाको दमकका एक दम्पत्तीले २० औै वैवाहिक वर्ष गाँठको उपलक्ष्यमा क्यान्सर पीडित बालिकालाई सहयोग गरेका छन् ।

शिबसताक्षी–८ श्रीजंगा चोककी ४ बर्षिय क्यान्सर पीडित बालिका जेसिका विश्वकर्मलाई दमक–१ फाल्गुनन्द चौकका एक दम्पतीले आर्थिक सहयोग गरेका हुन् । काम विशेषले राई दम्पत्ती प्रत्यक्ष उपस्थित हुन नसकेपनि सो सहयोग रुपैया पत्रकार तथा जेसिका बिश्वकर्म बचाउ अभियानकर्मी अनिलदेब राईको सहजिकरणमा क्यानसर पीडित जेसिकाको घरैमा पुगेर हस्तान्त्रण गरिएको हो ।

दमक १ फाल्गुनन्द चौक निबासी मोना राई र वीरेन राईले आफ्नो २०औ बैबाहिक बर्ष गाँठको अवसरमा जेसिका विश्वकर्मलाई नगद सात हजार रुपैया सहयोग गरेका हुन । दुई छोराका आमा मोना राई पेशाले स्वास्थ्यकर्मी हुनुहुन्छ भने वीरेन राई दमकको सामाजिक क्षेत्रसँगै व्यवसाय गर्नुहुन्छ ।

  क्यान्सर पीडित बालिकालाई सहयोग गर्नुहुने दमकका राई दम्पत्ती ।

वैवाहिक वर्ष गाँठको नाममा फजुल खर्च गर्नु भन्दा केही सामाजिक कार्यमा सहयोग गर्ने उदेश्यले पिडित बालिकालाई सहयोग गरिएको मोना राईले बताउनुभयो ।

उक्त सहयोग रकम शिबसताक्षी नगरका राजनीतिकर्मी, युवा ब्यबसायी तथा समाजसेबी तुला बोखिमले क्यानसर पीडित जेसिकाको परिवारलाई हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण गर्दै राजनीतिकर्मी, युवा ब्यबसायी बोखिमले बालिकाको अवस्था अत्यन्त नाजुक र दयनिय रहेकोले आफ्नो तर्फबाट पनि केही सहयोग गर्ने बचन दिए ।

सहयोग हस्तान्त्रण कार्यक्रममा जेसिका बचाउ अभियानका संयोजक एबम् शिक्षक पूर्ण लकान्द्री, लक्ष्मी नारायण माध्यमिक विद्यालय धरमपुरका प्रधानध्यापक खगेन्द्र बहादुर लम्जेल, पत्रकार गोविन ल्वागुन, दलित अधिकारकर्मी एबम् सुनचाँदी व्यवसायी शिबसताक्षी नगरका पूर्वअध्यक्ष मोहन सेनचुउरी, जेसिकाकी आमा सिता र बुबा पूर्णबहादुर विश्वकर्म लगायतको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *