बिर्तामोड, ३ पुस–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध नेपाल दतिल मुक्ति संगठनको आज ३४औं स्थापना दिवस झापामा बिभिद कार्यक्रम सहित मनाइएको छ । बिर्तामोडमा आज (शनिबार) आयोजित दलित मुक्ति संगठनको ३४औं स्थापना दिवस तथा जिल्ला स्तरीय बृहत भेला सम्पन्न भएको हो ।

एकीकृत समाजवादी झापाका अध्यक्ष बेदराज रेग्मीका अनुसार जघं रसाइलीको अध्यक्षतामा ५१ सदस्यीय नेपाल दलित मुक्ति संगठन झापा जिल्ला कमिटी गठन भएको हो । सो कमिटीका उपाध्यक्षमा तिलक लुहार, सचिवमा हरि नेपाली, सहसचिवमा किसान लुहार र कोषाध्यक्षमा भीम ल्वागुन छन् ।

त्यस्तै, सो कमिटीका सदस्यहरुमा बबिता खाती, नरबहाुदर परियार, भीम बराइली, कुलबहादुर विश्वकर्म, नारायण रसाइली, देबेन्द्र लामगादे, लय गहतराज, गोपाल देवापाते, रमेश ल्वागुन, एकराज विक, मनकुमार दर्नाल, सुुदिप गदाल र हर्कबहादुर लगायत छन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी झापाका सहइन्चार्ज निलमणी बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा पार्टी जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मी, नेपाल दतिल मुक्ति संगठन तथा एकीकृत समाजवादीका नेता तारा रुचाल, हरि नेपाली लगायतका नेताहरुले नवगठित कमिटीका अध्यक्षसहित पदाधिकारीहरु र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *