सुरुङ्गा, ३ पुस–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघ नेपालको झापा जिल्ला कनकाई नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार, सुरुङ्गामा सम्पन्न भेलाले पूर्ण श्रेष्ठको अध्यक्षतामा ४४ सदस्यीय युवा संघ नेपाल कनकाई नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
युवा संघ नेपालका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी झापाका इन्चार्ज खगेन्द्र बाराकोटीका अनुसार जिल्लाका सवै पालिकाहरुमा पालिका स्तरीय कमिटी गठन गर्ने अभियान अन्तगर्त कनकाई नगर कमिटी गठन भएको हो ।
कमिटी गठन कार्यक्रममा पार्टी जिल्ला कमिटीका अध्यक्ष बेदराज रेग्मी लगायत जिल्ला कमिटीका नेतृत्वहरु र युवा संघ नेपालका केन्द्रीय सचिव प्रत्युस राणा, युवा संघका केन्द्रीय सदस्य तथा शिबसताक्षी नगरपालिका ७ नम्बरका बडाध्यक्ष एबम् प्रवत्ता नविन इजम लगायतको उपस्थिति रहेको थियो ।
नवगठित कमिटीका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताका सपथ ग्रहण गराइको थियो ।
