दमक, ४ पुस–प्रकृतिपुजक किरात समुदायले आज विभिन्न कार्यक्रमहरुका साथ साकेला उभौली पर्व अर्थात न्वागी पुजा सम्पन्न गरेका छन् ।
यसैबीच, झापाको दमकमा छरिएर रहेका किराँत राई जातिको छाता संस्था किराँत राई यायोक्खा दमक नगर समितिले साकेला उधौली मनाएका छन् ।
दमक–१ स्थित किराँत राई माङखिम (मन्दिर) साकेला थान (परिसर) मा आयोजित कार्यक्रममा विधिवत रुपमा पुजा आरधाना गरिएको थियो ।
राई समुदायको धामी वा बिजुवा (नोक्छो) ले पुजा गरिसकेपछि सहभागिहरुलाई टीका र प्रसाद ग्रहण गराएको थियो ।
यायोक्खा दमक नगर समितिका कार्यवहाक अध्यक्ष धनजीत राईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यायोक्खा दमक नगर समितिका पूर्व अध्यक्ष पञ्च बहादुर राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा किराँत राई साँस्कृतिक कलाकारहरुद्वारा वृहत साकेला शिली (नृत्य) प्रर्दशन गरिएको थियो ।
दमकका छरिएर रहेका राई जातिहरुको उपस्थितिमा यसवर्षको न्वागी पुजा सम्पन्न भएको यायोक्खा दमक नगर समितिका सदस्य एमएस साङपाङ राईले जानकारी दिनुभयो ।
