दुधे, ४ पुस–झापाको दूधेमा चासोक तङ्नाम २०७८ भव्य रुपमा मनाइएको छ । किँरात याक्थुङ चुम्लुङ शिवसताक्षी नगर समितिले दुधेस्थित खेल मैदानमा चासोक तङ्नाम भव्य रुपमा मनाएको हो ।

चुम्लुङ नगर समितिका अध्यक्ष बीरबल जबेगु लिम्बूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । लिम्बू जातिले प्राचिन कालदेखि नै अन्नबाली पाकेपछि भित्र्याउनु अघि इष्ट देवता र पितृहरुको पूजाआजा गरी नयाँ अन्नबाली अर्पण गर्ने प्रचलन रहेको छ ।

त्यस्तै, लिम्बु भाषामा चासोकको अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरा निङवाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गरिने चलन रहेको अध्यक्ष विरबल जवेगुले जानकारी दिए ।

कार्यक्रममा लिम्बु जातिका खेलहरु छेलो, धनुष्काडलगायत र बाजाहरु च्याब्बरुक, कोममिक्ला, फाक्वा, मुक्साङ, फामुक, नागारा, केसाङ, सिर्बोङ, फेन्जे, तुङगेवा आदि प्रदर्शनी गरिएको थियो ।

लिम्बु जातिका भेष-भुषामा सजिएका पुरुष तथा महिलाहरुले पालन गीतमा धाननाच प्रस्तुत गरेका थिए ।

साँझको सन्ध्याकालिन कार्यक्रममा राष्ट्रिय कलाकार मेलिना राईले विभिन्न गीत प्रस्तुत गरेकी थिइन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *