काठमाडौं, ५ पुस–पछिल्लो २४ घन्टामा देशभर २ सय २० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ४१ जनामा गरिएको परीक्षणमा २ सय २० जना संक्रमित थपिएका हुन्।
यस्तै आज २ सय ६३ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ। हाल देशभर ५ हजार २ सय २५ जना सक्रिय संक्रमित छन्।
