शिबगञ्ज (शिबसताक्षी), ५ पुस–झापाकै पुरानो विद्यालयहरु मध्ये शिबसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले सरस्वती मन्दिर निर्माण गर्ने भएका छन् । पूर्व विद्यार्थी समन्वय समिति मार्फत स्वदेश र प्रवासमा रहेका विद्यार्थीहरुको सक्रियतामा सरस्वती मन्दिरलाई पुर्नःनिर्माण गरिने भएको हो ।

समन्वय समितिका अध्यक्ष एबम् शिबसताक्षी वडा नं ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीका अनुसार भगवती ढुंगेलको संयोजकत्वमा मन्दिर निर्माण उपसमिति गठन भएको छ । निर्माण समितिले शिबगञ्जस्थित राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालयमा आर्थिक कारोबारका लागि पूर्व विद्यार्थी समन्वय समितिको नाममा २१७०१००००१४१००१ खाता सञ्चालनमा ल्याइएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

विद्यालय परिसरभित्र अवस्थित सरस्वती मन्दिर जीर्ण बन्दै गएको छ । सो विद्यालय २०२४ सालमा स्थापना हो । स्थापनाकालमै निर्माण भएको सो मन्दिरको अवस्था कमजोर भएपछि नियमित पुजा पाठ गर्न वा सञ्चालनमा ल्याउन कठिनाई भएको पूर्व विद्यार्थी समन्वय समितिका सचिव एबम् विद्यालयका शिक्षक दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालयमा निर्माण हुने सरस्वती मन्दिरलाई पश्चिमतर्फको भवनसँगै निर्माण गरिने योजना बनेको अध्यक्ष कार्कीले बताउनुभयो । विद्यार्थी र शिक्षकहरुका लागि उपयुक्त स्थानमा मन्दिर निर्माण हुन्छ, अध्यक्ष कार्कीले भन्नुभयो–बिज्ञ प्राविधिकसँग छलफल र सल्लाह अनुसार मन्दिर निर्माण हुन्छ ।

यता, मन्दिर निर्माण समितिले आर्थिक सहयोग संकलनका अभियानलाई सामाजिक सञ्जाल मार्फत तिब्र पारेको छ । सहयोग गर्ने सवै दाताहरुको विबरणहरु राखिने निर्माण समितिका संयोजक भगवती ढुंगेलले जानकारी गराउनुभयो । सहयोग गर्ने दाताको सवै बिवरणहरु राखिने छ, ढुंगेलले भन्नुभयो–सहयोग गर्ने दाताले विद्यालयमा पठन पाठन गरेको साल वा सम्बत अनि कति कक्षासम्म अध्ययन गर्यो वा एसएलीसी उर्तिणको समय वा सम्बतलाई आधार मानेर बिवरणहरुलाई राखिने छ ।

मन्दिर निर्माणका लागि जन आदर्श माध्यमिक विद्यालयबाट अध्ययन पुरा गरेर झापा लगायत देशका विभिन्न जिल्लाहरुमा रहेको सवैलाई अपिल समेत गरिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *