धरमपुर, ६ पुस–वडाभित्र बिद्युतको पहुँच नपुगेको क्षेत्रहरुका लागि आइपुगेको पोल यहाँका जनप्रतिनि, राजनीतिकर्मी र व्यवसायीहरुले दुरुपयोग गरेका छन् । झापाको शिबसताक्षी नगरपालिका वडाँ नं २ धरमपुर मंगलबारेस्थित हिमाली चौकमा प्लटिङ व्यवसायीसँगको मिलेमत्तोमा जनप्रतिनि र राजनीति पार्टीका नेताहरुले बिद्युत पोल दुरुपयोग गरेका हुन् ।
साविक धरमपुर–५, ६ र ७ लाई समायोजन गरेर शिबसताक्षी–२ वडा बनाएको छ । भौगलिक दृष्ट्रिकोणले वडा नं २ ठूलो छ । यस वडामा हाल बिद्युत पोल बिस्तार गर्न ठूलो संख्यामा माग छ । तर, उपभोक्ताहरुका लागि माग भइ आएको पोल जनप्रतिधि, पार्टी नेता र व्यवसायीले मनोमानी आफ्नो व्यवसायीक प्लटिङमा लगाएका छन् ।
वडा नं २ को हिमाली टोलमा वडा अध्यक्ष कुलबहादुर बस्नेत, वडा सदस्य एबम् नेकपा (एमाले) का वडा कमिटी अध्यक्ष्ँ कुमार राई, भानु माध्यमिक विद्यालयका शिक्षक एबम् एमाले नगर कमिटी सचिव कमल नेपाल र स्थानीय सहकारी संस्थाका व्यवस्थापक याम गौतम लगायतले सुरु गरेका प्लटिङमा बिद्युत पोल लगाएका हुन् ।
वडाका लागि आएको बिद्युत पोलहरु मध्ये तीन थान पोल प्लटिङमा लगाइएको स्थानीयको आरोप छ ।
स्थानीय उपभोक्ताको समस्या र आवश्यत्तालाई नजर अन्दाज गर्दै वडामा आएको बिद्युत पोललाई प्लटिङमा प्रयोग गर्न नपाइने जानकारहरु बताउँछन् ।
पछिल्लो समय, वडाभित्र बिद्युत पोल विस्तरका लागि वडामा क्रियाशिल राजनीति पार्टी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले बिद्युत प्राधिकरण कार्यालय दमकमा छलफल गरेका छन् ।
सो छलफलमा प्राधिकरण कार्यालय दमकले वडाका लागि केही थान बिद्युत पोल पठाएको पनि थियो । तर, सो पोल पार्टीको पहलमा केही स्थानहरुमा बितरण गरेपनि वडा कार्यालयले आफ्नो पहलमा बितरण गरिएको भन्ने झुठो प्रचार प्रसार गरिएको नेकपा (माओवादी केन्द्र) वडा नं) २ का अध्यक्ष भीम नेम्बाङले बताए । उनले वडाका लागि आएको पोल उपभोक्ताका लागि नै प्रयोग हुनुपर्ने तर्क गर्छन् । उनका अनुसार वडाका लागि आएको पोललाई व्यवसायीक प्रयोजनको प्लटिङमा लगाउन पाइन्न ।
