दमक, ६ पुस–झापाको दमकस्थित घिमिरे मार्केटमा कार्यरत तेजप्रकाश पराजुलीको हत्या भएको साता दिनपछि आज दमक उद्योग बाणिज्य संघद्वारा पीडित परिवारलाई नगद २५ हजारसहित खाद्यान्य सामाग्री सहयोग हस्तान्त्रण गरेको छ ।
दमक उद्योग बाणिज्य संघ कार्यसमिति परिवारको तर्फबाट सहयोग संकलन गरेर स्वर्गीय पराजुलीको घर दमक–२ मा पुगेर नगद रुपैयासहित खाद्यान्य सामाग्री हस्तान्त्रण गरिएको हो ।
दमक उद्योग बाणिज्य संघका कार्यसमिति सदस्यत एबम् युवा राजनीति तथा व्यवसायी अशिम राईका अनुसार स्वर्गीय पराजुलीको घरैमा आज बिहान एक कार्यक्रमबीच सहयोग हस्तान्त्रण गरिएको हो । सहयोग हस्तान्त्रण कार्यक्रममा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
२९ मंसिर बुधबार साँझ ७ बजे दमकस्थित घिमिरे मार्केटमा पराजुलीको हत्या भएको थियो । उनको शरिरमा धारिलो हतियारले आक्रमण गरिएको अवस्थामा स्थानीयले फेला पारेपछि अस्पतालतर्फ लगेका थिए ।
आर्थिक अवस्था कमजोर पराजुली परिवारलाई दमक उद्योग बाणिज्य संघको तर्फबाट समवेदना पत्रसहित सहयोग गरिएको अध्यक्ष गोकुल श्रेष्ठले बताए ।
