दमक, ६ पुस–नेकपा (एकीकृत समाजवादी) निकट निजामती कर्मचारीहरुको भेलाले निरोज कट्टेलको अध्यक्षतामा नेपाल निजामती कर्मचारी संगठनको झापा जिल्ला कमिटी गठन गरेको छ ।
कनकाईको धनुषकोटी धाममा समाजबादी निकट कर्मचारीको हालै भेला सम्पन्न भएको थियो । भेलामा एकीकृत समाजवादी झापाका अध्यक्ष बेदराज रेग्मी प्रमुख अतिथि थिए ।
भेलाले गठन गरेको नेपाल निजामती कर्मचारी संगठनको झापा जिल्ला कमिटीको उपाध्यक्षमा प्रतीक्षा साह, इन्दु खबास, सचिवमा पोषराज पोखरेल, सह सचिवमा यादब पोखरेल र सदस्यहरुमा रोहित महत, कबिराज गिरी, शर्मिला सेढाई, रामनारायण शर्मा, जयप्रसाद यादब, विकास ढकाल र मुकुन्द शिवाकोटी रहेका छन् ।
यसैगरी, भेलाले पेशागत महासङ्घको जिल्ला अध्यक्षमा तुलसी निरौलालाई चयन गरेको छ ।
पेशागत महासङ्घको उपाध्यक्षमा पुण्य अर्याल, सचिवमा मोहन ढकाल, सह सचिवमा खेमनाथ गुरागाई र सदस्यहरुमा वविता भट्टराई, सुवर्ण भट्टराई, ज्ञानबहादुर कार्की, किशोर सङ्ग्रौला, टिकाराम उप्रेती, किशोर उपरकोटी र उमेश भारती छन् ।
प्रगतिशील शिक्षक संगठनकि उप महासचिव शुभद्रा भट्टराईले सन्चालन गरेको भेलामा स्वागत शिक्षक नेत्री तथा पार्टी केन्द्रीय सदस्य शारदा घिमिरेले ब्यक्त गरेका थिए ।
भेलामा कर्मचारी संगठनका नेताहरु प्रकाश राई, चेतनाथ न्यौपानेलगायतको उपस्थिती थियो ।
