धरमपुर, ८ पुस–प्रदेसभा सदस्य माननीय झलकसिंह दर्लामी शुक्रबार विहान झापाको शिबसताक्षी–१ धरमपुरमा आउने भएका छन् । धरमपुर चौकस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको पश्चिम कमल खोलामा निर्माणहुन लागेको झुलुङ्गे पुल र माझी बस्ती उत्तरतर्फ अवस्थित धरमपुर खानेपानीको शिलान्यास कार्यक्रमका लागि सांसद दर्लामी धरपमुर आउने भएका हुन् ।

सांसद दर्लामीका स्वकीय सचिव दुर्गा नेम्बाङका अनुसार प्रदेश सरकारको योजनामा निर्माण हुन लागेको कमल खोला दोभान झुलुङ्गे पुल र माझी बस्ती उत्तरतर्फ अवस्थित धरमपुर खानेपानीको शिलान्यास कार्यक्रममा सांसद दर्लामी आउने कार्यक्रम छ ।

नेकपा (माओवादी केन्द्र) का नेता समेत रहनुभएका सांसद दर्लामीले भोली (शुक्रबार) नै दक्षिणी झापाको गौरिगञ्ज गाउँपालिकाको वडा नं १ माहाभारामा आयोजित कार्यक्रममा समेत सहभागि हुने भएका छन् ।

झापा क्षेत्र नं ४ (क) बाट प्रदेशसभा सदस्य दर्लामीले आफ्नो निर्वाचन क्षेत्रभित्र सम्पन्न भइसकेको, अहिले भइरहेका र आगामी दिनमा हुने योजना, परियोजना र कार्यक्रमको प्रभावकारीता सम्बन्धी सरोकारवालासँग अनुगमन र अवोलकनका लागि निर्वाचन क्षेत्रमा निस्कने भएका हुन् ।

खासगरी, झापा र इलामको सिमास्थल पूर्वको धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधामबाट झिलझिलेहुदै दक्षिणतर्फ जोड्ने लालझोडा–धौलीचौक–जनताबाट चौरीहुदे होकलबाडीसम्मको सडकमा भएका प्रगती र त्यसको अनुगमनका लागि सांसद दर्लामीसहित सम्बन्धित बिभागका इन्जिन्यिर, प्राविधिक, राजनीतिकर्मी, उपभोक्ता र पत्रकारहरुको संयुक्त टोलीले अनगुमन गर्ने भएको सांसद दर्लामीका स्वकीय सचिव दुर्गा नेम्बाङले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *