काठमाडौं, ८ पुस–पाल्पाको निस्दी गाउँपालिकामा बिजुलीको पोलबाट खसेर एक मजदुरको मृत्यु भएको छ।
बिहीवार निस्दीको ज्यामिरे चारघरेमा बिजुलीको तार तान्ने क्रममा पोलबाट खसेर एक मजदुरको मृत्यु भएको हो।
मृत्यु हुनेमा नवलपरासी बर्दघाटका ३६ वर्षीय पशुपति चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।
घटना बिहान करिब साढे ११ बजेतिर भएकाले शवलाई परीक्षणका लागि रामपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
