धरमपुर, ९ पुस–झापाको धरमपुरमा भोली (शनिबार) देखि शिबसताक्षी वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

शिबसताक्षी भेट्रान फुटबल क्लबको आयोजनामा धरमपुरस्थित प्रस्तावित फुलबारी रंगशालामा हुने प्रतियोगितामा नगरपालिकाको १० टिमले सहभागिता जनाउने भएको छ ।

आयोजक शिबसताक्षी फुटबल भेट्रान फुटबल क्लबका अध्यक्ष एबम् खेलाडी लीलाबहादुर जोशीका अनुसार नगरपालिकाको वडा नं ५ बाहेक १० वटा वडाले प्रतियोगितामा सहभागि जनाउने भएका छन् । प्रतियोगिताको भोली (शनिबार) उद्घाटन फुलबारी रंगशालामा हुने भएको छ ।

उद्घाटन खेलमा भोली (शनिबार) शिबसताक्षी–८ र शिबसताक्षी–६ का बीच हुने भएको छ । खेल दिउसो तिन बजेबाट सुरु हुने अध्यक्ष जोशीले जानकारी दिनुभयो । अध्यक्ष जोशीले शिबसताक्षी भेट्रान फुटबल प्रतियोगिता १७ पुससम्म सञ्चालन हुने बताए ।

प्रतियोगितामा बिजेता टिमले नगद ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् भने उपबिजेता टिमले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजक संस्था शिबसताक्षी भेट्रान फुटबल क्लबका अध्यक्ष लीलाबहादुर जोशीले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *