धरमपुर, १० पुस–जङ्गली हात्तिले घर भत्काएर पूर्ण रुपमा क्षति गरिदिएपछि छिमेकीको घरमा आश्रय लिइरहेको झापा धरमपुर माझी (डाँडाँ) बस्तीका सुफल हेमरमलाई नेकपा (माओवादी केन्द्र) ले आर्थिक सहयोग गरेको छ । नेकपा (माओवादी केन्द्र) शिबसताक्षी–१ वडा कमिटीले शुक्रबार एक कार्यक्रमबीच सुफल हेमरमलाई सहयोग हस्तान्त्रण गरेको हो ।

शुक्रबार राती स्थनीय रतुवामाई बृक्षारोपोण आयोजनाको बन क्षेत्रबाट आएको जङ्गली हात्तिले डाँडाँ बस्तीका हेमरमको घरसहित त्यहाँ दुई घरम क्षति गरेको नेत्र नेम्बाङले जानकारी दिए । शुक्रबार, क्षतिग्रस्त हेमरमको घरैमा नेकपा (माओवादी केन्द्र) वडा कमिटीको पहलमा सहयोग हस्तान्त्रण गरिएको हो ।

नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष महेन्द्र भट्टराई, नगर उपसचिव भुवन सेन्दाङ, प्रदेश सांसाद झलकसिंह दर्लामीका स्वकीय सचिव तथा स्थानीय युवा नेता दुर्गा नेम्बाङ र वडा कमिटी अध्यक्ष नेत्र नेम्बाङले संयुक्त रुपमा नगद पाँच हजार पाँच सय रुपैया हस्तान्त्रण गरिएको हो ।

हेमरमको घरसहित सागर माझी र प्रकाश लामगादेको घरमा समेत हात्तिले क्षति गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *