गोविन ल्वागुन डुडामारी, १० पुस–दोस्रो शिबसताक्षी वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिताको उद्याटन खेलमा वडा नम्बर ८ ले बिजयी सुरुवात गरेको छ ।
शिबसताक्षी–१ धरमपुरस्थित प्रस्तवित फुलबारी रंगशलामा आयोजित प्रतियोगितामा वडा नम्ब्र ६ लाई ० को बिरुद्ध १० गोलको भारी गोल अन्तरले पराजित गदै वडा नम्बर ८ ले बिजयी यात्रा सुरु गरेको हो ।
खेलको सुरुवातीदेखि नै आक्रमक रुपले खेल पस्केको वडा नम्बर ८ ले खेल एक पक्ष आफ्नो नियन्त्रणमा लिएको थियो । खेलको १५औ मिनेटमा बिजेता टिमको तर्फबाट जर्सी नम्बर ७ का केसन्त शेर्माले गोलको खाता खोलेका थिए ।
त्यसपछि पुन २० मिनेटमा पुन केसन्त शेर्माले अकौ गोल गर्दै गोल अन्तर दोब्बर बनाए । वडा नम्बर ६ कम्जोर रक्षापंत्तिको फाइदा उठाउदै बिजयी टिमका जर्सी नम्बर ११ का सन्तोष शेर्माले २४ औ मिनेटमा गोल गर्दे गोल अन्तर तेब्बर बनाए । खेल ६ नम्बर वडाको कम्जोर फाइदाको भरपुर सदुपयोग गर्दै पुनः केशन शेर्माले ब्यतिmगत तेस्रो गोल गरि ४–० को अग्रता कायम गरे ।
पहिलो हाफ ४ गोलले अग्रता रहेको वडा नम्बर ८ ले दोस्रो हाफमा थप ६ गोल गरि गोल अन्तर १०–० को बनाए । जसमा जर्सी नम्बर ७ का केशन शेर्माको ब्यतिगत ५ गोल गर्न सफल भए भने जर्सी नम्बर ११ का सन्तोष शेर्माले ४ र जर्सी नम्बर १० का बमबहादुर राईले १ गोल गरेका थिए । आजको खेलको म्यान अफदि म्याच बिजेता टिमका केशन्त शेर्मा घोषित भए ।
प्रतियोगिता अनुसार भोली (आइतबार) दुईवटा खेल हुने आयोजकले जनाएको छ । जस अनुसार पहिलो खेल १ बजे वडा नम्बर १ भर्सेस वडा नम्बर ४ हुने छ भने दोस्रो खेल ३ बजो वडा नम्बर ९ भर्सेस वडा नम्बर ७ बीच हुने आयोजक समितिका अध्यक्ष लिलाबहादुर जोशीले जानकारी दिए ।
अध्यक्ष जोशीका अनसार प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले नगद ३० हजार सहित मेडल टफि र प्रमाणपत्र पाउने बताए । शिबसताक्षी भेटान क्लबको आयोजनामा संचालन भएको प्रतीयोगितामा वडा नम्बर ५ बाहेकका १० वडाको सहभागिता रहने आयोजकले जनाएको छ ।
खेलको उद्याटन शिबसताक्षी नगरपालीकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष नबिन इजमले गरेका थिए । उद्याटन शत्रलाई सम्बोधन गर्दे प्रवक्ता इजमले शिबसताक्षी नगर खेलकुदको हब भएकोले नगर समक्ष आवश्यक सहयोग गर्न पहल गर्ने बताए । ढल्कीदो उमेरका खेलाडीहरुबीच एक आपसमा पुरानो याद दिलाउनुको साथै स्वास्थ्यको लागी पनि महत्वपुणर् हुने बताए ।
