अनिलदेब राई धरमपुर, १० पुस–झापाको धरमपुर चौक पुर्व फुलबारी रंगशालमा आजदेखि शिबसताक्षी नगरपालिकाको वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ ।
शिबसताक्षी–१ धरमपुरस्थित फुलबारी रंगशालमा शनिबार वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिताको उद्घाटन नगर प्रवक्ता एबम् शिबसताक्षी ७ नम्बर वडाका अध्यक्ष नविन इजमले गर्नुभएको हो ।
शिबसताक्षी भेट्रान फुटबल क्लबको आयोजनामा सुरु भएको वडा स्तरीय फुटबल प्रतियोगितामा १० वडा (टिम) ले सहभागिता जनाउने भएको छ । आज, उद्घाटन खेलमा वडा नं ८ ले बिजय सुरुवात गरेको छ । उसले वडा नं ६ लाई फराकिलो गोल अन्तरले बिजय यात्रा सुरुवात गरेको हो ।
उद्घाटन कार्यक्रममा शिबसताक्षी भेट्रान फुटबल क्लबका अध्यक्ष एबम् धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर जोशीको अध्यक्षता रहेको थियो ।
सो कार्यक्रका प्रमुख अतिथि समेत रहनुभएको शिबसताक्षी नगर प्रवक्ता एबम् नेकपा (एकीकृत समाजवादी) शिबसताक्षी नगर अध्यक्ष नबीन इमजले खेलकुदको माध्यमद्वारा स्वास्थ्य जीवनसँगै फुटबल क्षेत्रमा लाग्न चाहाने युवाहरुलाई प्रेरणा र हौसल्ला मिल्ने बताउनुभयो ।

सो कार्यक्रमम शिबसताक्षी–६ का वडा अध्यक्ष मनोज खुलाल कार्की, शिबसताक्षी–५ का वडा सदस्य तथा पूर्व फुटबल खेलाडी बिनोद ताजपुरिया, नेपाली काँग्रेस क्षेत्र नं ४ (क) का सभापति बिनोद ढकाल, रमेश बान्तवा राई, सामाजिक अगुवा चन्द्र खड्का, गोपीचन्द्र पोख्रेल, पृथ्बी बोहोरा, सन्तोस नेपाली, धरमपुर पेशा व्यवसायी सघका अध्यक्ष पेमा लामा, शिबसताक्षी–६ खेलकुद विकास समितिका अध्यक्ष गोकुल बिमली, पत्रकार गोविन ल्वागुन लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रतियोगिता सञ्चालन गरिनुका बारेमा अध्यक्ष लीलाबहादुर जोशीले प्रष्ट पार्नुभएको थियो । शिबसताक्षी भेट्रान फूटबल क्लबका उपाध्यक्ष तथा नामबिन अगं्रेजी बिद्यालयका प्रिन्सिपल प्रेम शेर्माले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सञ्चालन दिल सेरेङले गर्नुभएको थियो ।
प्रतियोगिता अनुसार भोली (आइतबार) दुईवटा खेल हुने आयोजकले जनाएको छ । जस अनुसार पहिलो खेल १ बजे वडा नम्बर १ भर्सेस वडा नम्बर ४ हुने छ भने दोस्रो खेल ३ बजो वडा नम्बर ९ भर्सेस वडा नम्बर ७ बीच हुने आयोजक समितिका अध्यक्ष लिलाबहादुर जोशीले जानकारी दिए ।
अध्यक्ष जोशीका अनसार प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले नगद ३० हजार सहित मेडल टफि र प्रमाणपत्र पाउने बताए । शिबसताक्षी भेटान क्लबको आयोजनामा संचालन भएको प्रतीयोगितामा वडा नम्बर ५ बाहेकका १० वडाको सहभागिता रहने आयोजकले जनाएको छ ।

