दमक, १० पुस–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापालेले जिल्लामा संगठन विस्तारलाई तीब्र बनाएको छ । जिल्लामा नगर र गाउँ कमिटी गठन पश्चात पछिल्लो समय वडा स्तरीय पार्टी कमिटी र जनसंगठन निर्मााण्का कार्यलाई तीब्र बनाइएको हो ।
जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मीका अनुसार आज (शनिबार) अर्जुनधारा र गौरादह नगर कमिटी अन्तर्गत दुई वटा वडा कमिटी गठन गरिएको हो । अर्जुनधारा नगरपालिकाको वडा नं ३ मा लक्ष्मीराम शर्माको अध्यक्षताामा ४१ सदस्यीय वडा कमिटी गठन गरिएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।
सो कमिटीको उपाध्यक्षम सिता आचार्य, सचिवमा ओम घिमिरे, सहसचिवमा हरि घिमिरे छन् । सदस्यहरुमा हरि भण्डारी, जानुका लामिछाने (थापा), निर्मला लिम्बू, शोभा रम्तेल, खिना चम्लागाई, दुर्गा बाराकोटी लगायत छन् ।
त्यस्तैं, दक्षिणी झापाको गौरादह नगरपालिकाको वडा न ६ मा आज सम्पन्न भेलाले सूर्यबहादुर कार्कीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
अर्जुनधारा ३ मा आज सम्पन्न भेलाको अध्यक्षता नेकपा (एकीकृत समाजवादी) अर्जुनधारा नगर अध्यक्ष अर्जुन मेचेले गर्नुभएको थियो । सो कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।
सो अवसरमा नवगठित कमिटीका पदाधिकारी र सदस्यहरुलाई पार्टी सम्बद्ध जेष्ठ कम्युनिष्ट मञ्च समाजवादीका केन्द्रीय सदस्य देबी बराल, प्रदेश कमिटी सदस्य अम्बिका खतिवडा, जिल्ला कमिटी सदस्य प्रेम सागर सापकोटा, कमल बुढाथोकी, बिर्तामोड नगर अध्यक्ष श्री सिटौला, सचिव कृष्ण लोहार लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यस्तैं, सो कार्यक्रममा औचित्य तथा संयोजन होम दुलाल र सञ्चालन दिपक दुलालले गर्नुभएको थियो ।
यता, गौरादह–६ ग्वालडुब्बामा आयोजित भेलाको प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) प्रदेश कमिटी सदस्य केन्द्र प्रसाईले गर्नुभएको थियो । कार्यक्रममा एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी झापाका इन्चार्ज खगेन्द्र बाराकोटीको उपस्थिति थियो ।

