धरमपुर (शिबसताक्षी), ११ पुस–झापाको शिबसताक्षी-१ धरमपुरमा जारी शिबसताक्षी वडा स्तरिय भेटान फुटबल प्रतियोगितामा आज वडा नम्बर १ र वडा नम्बर १० बिजयी भएका छ ।
शिबसताक्षी भेटान फूटबल क्बलको आयोजना र धरमपुरस्थित फुलबारी रंगशालामा हिजो (शनिबार) देखि संचालन भएको आजको पहिलो खेलमा वडा न्म्बर १ ले वडा नम्बर ४ लाई १ का बिरुद्ध ३ गोल अन्तरले पराजीत गरेको छ ।
खेललाई जित दिलाउन रुद्र बोहोरा, दिल सेरेङ र अम्बर लिम्बुले १–१गोल गरे भने पराजित टिमका तर्फबाट शुरेश राजबंशीले सान्तावन्न गोल गरेका थिए ।
त्यस्तै आजै भएको दोस्रो खेलमा वडा नम्बर १० ले वडा नम्बर २ लाई १ का बिरुद्ध ३ गोल अन्तरले पाखा लगाउदै दोस्रो चरणमा प्रबेश गरेको छ । वडा नम्बर १० लाई जित दिलाउन नबिन बोहोराले २ गोलको योगदान गरे भने मोहन लिम्बुले १ गोल गरे ।
यता, पराजित टिमका तर्फबाट नरबिर लिम्बुले १ गोल गरि गोल अन्तर कम गरेका थिए । पहिलो खेलको म्यान अफदि म्याच भेष बहादुर बोहोरा घोषित भए भने दोस्रो खेलमा नबिन बोहोरा घोषित भएका थिए । दुबै जना बिजयी टिमका खेलाडी हुन ।
प्रतियोगिता अन्तरगत भोली (सोमबार) को खेल वडा नम्बर ११ भर्सेस वडा नम्बर ३ बिच हुने आयोजक समितिका अध्यक्ष लीलाबहादुर जोशीले जानकारी दिए ।
पुष १७ गतेसम्म संचालनहुने प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले ३० हजार सहित टफी मेडल र प्रमाण पत्रपाउने आयोजकले जनाएको छ ।

