दमक, ११ पुस–क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मोत्सवको अवसर पारेर इसाई धर्मावलम्बीहरुले झापाको दमक खरखरेस्थित गुड न्यूज चर्चमा खुशीयाली गरी मनाइएको छ ।

दमक–२ खरखरेमा अवस्थित गुड न्यूज चर्चमा आयोजित येशु ख्रीष्टको जन्मोत्सवमा हाम्रो बाल आश्रमका १२ जना बालबालिकाहरु र एकल महिलाहरुको उपस्थितिमा शुभकामना आदान-प्रदान गरिनुका साथै सहभागिहरुबीच सामुहकि भोजन समेत गरिएको थियो ।

सोही अवसरमा हाम्रो बाल आश्रमलाई खाद्यायन्य सामाग्रीहरु र एकल महिलाहरुलाई सामाजिक सुरक्षा बापत मासिक भत्ता समेत बितरण गरिएको गुड न्यूज चर्चका पाष्टर एबम् दमकका सामाजिक अगुवा राजकुमार राईले जानकारी दिनुभयो ।

आजभन्दा दुई हजार २१ बर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलमा येशु ख्रीष्टको जन्म भएको हो । सोही दिनलाई शुभ अवसर मानेर विश्वभर रहेका इसाई धर्मावलम्बीहरुले खुशीयाली साटासाट गर्ने प्रचलन भएको पाष्टर राजकुमार राईले बताउनुभयो ।

गुड न्यूज चर्चमा आयोजित क्रिसमस डे कार्यक्रममा झण्डै दुईसय जना सहभागि थिए, पाष्टर राईले भन्नुभयो–”चर्चको तर्फबाट दमक–२ मा स्थापना भएको हाम्रो बाल आश्रम र आश्रममा आश्रित बालबालिकाहरुका लागि केही सहयोग जुटाउने उदेश्यले खाद्यान्य सामाग्रीहरु प्रदान गरेका थियौं ।”

त्यस्तैं, सोही अवसरमा ३ जना एकल महिलाहरुलाई गुड न्यूज चर्चको तर्फबाट मासिक भत्ता वापत आर्जिक सहयोग गरिएको पाष्टर राईले जानकारी दिनुभयो । सो कार्यक्रममा आश्रमका १२ जना बालबालिकाहरुलाई अतिथिको रुपमा सम्मानका साथ मञ्चमा राखिएको थियो ।

आश्रममा आश्रित बालबालिकाहरुसहित उनीहरुलाई हेरचार गर्ने दुईजना सेविकासहित चर्चका दाजुभाई र दिदीबहिनीहरु गरेर दुई सय जनाको सहभागिबीच भोज गरिएको पाष्टर राईले हाम्रोसरोकारलाई बताउनुभयो ।

सो अवसरमा सहभागिहरुले गीत, नृत्य, खेलकुद लगायत सांस्कृतिक कार्यक्रमहरु प्रस्तुती गरेर मनोरञ्जन प्रदान गरेका थिए ।

सहभागिहरुलाई गुड न्यूज चर्चको तर्फबाट पाष्टर राजकुमार राई र पाष्टर सूर्य रसाइलीले धन्यवाद सहित धार्मीक प्रवचन दिनुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *