धरमपुर, १२ पुस–झापाको धरमपुरस्थित फुलबारी रंगशालमा जारी शिबसताक्षी नगर वडा स्तरीय भेट्रान फुटबल प्रतियोगितामा वडा नं ११ बिजयी भएको छ । प्रतियोगताको आज (सोमबार) सम्पन्न खेलामा शिबसताक्षी वडा नं ३ लाई १ को बिरुद्ध ३ गोल अन्तरले शिबसताक्षी–११ बिजयी भएको हो ।
शिबसताक्षी भेट्रान फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा १० वटा वडाहरुको भेट्रान टिमहरुले सहभागिता जनाएको छ । गत शनिबार, उद्घाटन भएको प्रतियोगिताको समापन फाइनल खेल १७ पुसमा हुने भएको आयोजक शिबसताक्षी भेट्रान फुटबल क्लबका अध्यक्ष लीलबहादुर जोशीले बताए ।
प्रतियोगितामा बिजेता भेट्रान वडाले रु ५० हजार नगद र उपबिजेताले रु ३० हजार नगदसहित ट्राफि, मेडल र प्रमाण पत्र पाउने छन् ।
भोली (मंगलबार) दुई वटा वडाहरुको भीडन्त हुने भएको छ । आयोजक शिबसताक्षी भेट्रान फुटबल क्लबका सदस्य तथा भेट्रान खेलाडी डिके शेर्माका अनुसार प्रतियोगिताको दाबेदार वडा नं ८ को विरुद्ध वडा नं १ ले सामाना गर्ने छ । वडा नं ८ ले वडा नं ६ लाई फराकिलो गोल अन्तरले पाखा लगाएको हो । यता, वडा नं १ ले वडा नं ४ लाई पाखा लगाएको हो ।
त्यसैगरी, प्रतियोगिताको भोली सम्पन्न हुने खेलमा वडा न ७ ले वडा नं ९ बीच भीडन्त हुने भएको छ ।
