गोविन ल्वागुन डुडामारी (शिबसताक्षी), १२ पुस–झापाको शिबसताक्षीमा जारी दोस्रो संस्करणको शिबसताक्षी नगर वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा वडा नम्बर ११ बिजयी भएको छ ।
शिबसताक्षी भेटान क्बलको आयोजनामा संचालन भएको खेलमा वडा न्म्बर ११ ले वडा नम्बर ३ लाई १ का बिरुद्ध ३ गोल अन्तरले पराजीत गरेको छ । खेललाई जित दिलाउन दीपक तामाङ, राम मगर र राम भेटवालले १–१ गोल गरे भने पराजित टिमका तर्फबाट मनोज मोक्तानले सान्तावन्न गोल गरेका थिए ।
निकै प्रत्पिर्धात्मक भएको खेलको २७ मिनेटमा दीपक तामाङले वान भर्सेस वानमा आकर्षक ढंगले गोल गर्दै अग्रता बनाए । पहिलो हाप १–० को अग्रता बनाएको ११ नम्बर वडाले दोस्रो हापको १२औं मिनटमा राम मगरको गोल मार्फत अग्रता दोबबर बनायो ।
त्यसलगत्तै १३ मिनेटमा कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै ३ नम्बर वडाका मनोज मोक्तानले गोल गर्दै गोल अन्तरले काम गरे । ३ नम्बरले निकै राम्रो राम्रो अवसर पाए पनि गोल गर्न नसक्दा पुन २३औं मिनेटमा राम भेटवालले गोल गर्दै ११ नवम्बर जीत निश्चित गरे । खेलको म्यान अफदि म्यच विजयी टिमका राजकुमार बस्नेत घोषित भए ।
भोलि (मगलबार) दुई खेल हुने बताइएको छ । जस अनुसार १२ः३० बजे दोस्रो चरणको पहिलो खेल वडा नम्बर ८ भर्सेस १ बीच हुने र दोस्रो खेल २ः३० बजे पहिलो चरणको अन्तिम खेलमा वडा नम्बर ७ भर्सेस ९ बीच हुने आयोजक समितिका अध्यक्ष लिलाबहादुर जोशीले जानकारी दिए ।
१७ गतेसम्म संचालनहुने प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले ३० हजारसहित टफी, मेडल र प्रमाण पत्रपाउने आयोजकले जनाएको छ ।
त्यसैगरी, बिधागत उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने बताइएको छ ।
