धरमपुर, १३ पुस–उपाधीको मुख्य दाबेदार वडा नं ८ लाई २ का बिरुद्ध ५ गोल अन्तरले पाखा लगाउदै वडा नं १ ले झापाको धरमपुरमा जारी शिबसताक्षी वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरमपुरस्थित फुलबारी रंगशालमा आज (मंगलबार) सम्पन्न खेलमा वडा नं ८ लाई वडा नं १ ले २ का बिरुद्ध ५ गोलले पाराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा वडा नं १ को तर्फबाट रुद्र बोहोराले ह्याट्रिक गरेका थिए भने अमर लक्समले २ गोल गरेका थिए । उता, वडा नं ८ को तर्फबाट २ गोल फर्काएका आयोजक संस्था शिबसताक्षी भेट्रान फुटबल क्लबका सदस्य एबम् भेट्रान खेलाडी बिनोद ढकालले जानकारी दिए । ढकालका अनुसार आजको खेलमा म्यान अफ द म्याच पनि रुद्र बोहोरा घोषित भए ।

त्यस्तैं, आजै वडा नं ७ लाई २ का बिरुद्ध ३ गोल गर्दै वडा नं ९ ले बिजयी यात्रा कायम राखेको छ । खेलमा वडा नं ७ का गोल किपर रणबहादुर खत्रीले म्यान अफ द म्याच घोषित भए ।

शिबसताक्षी भेट्रान फुटबल क्लबले आयोजना गरेको वडा स्तरीय भेट्रान प्रतियोगिता १० पुसमा उद्घाटन भएको हो । आगामी १७ पुससम्म हुने प्रतियोगिताम १० वटा वडाका भेट्रान टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका बिजेताले रु ५० हजार र उपबिजेताले रु ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजक संस्था शिबसताक्षी भेट्रान फुटबल क्लबका अध्यक्ष एबम् भेट्रान खेलाडी लीलाबहादु जोशीले बताए ।

यसैगरी, भोली (बुधबार) शिबसताक्षी नगरपालिका वडा नं १० र ११ बीच भेट्रान टिमको भीडन्त हुने भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *