काठमाडौं, १४ पुस–प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला टोलीलाई बधाई दिएका छन्।

लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै देउवाले सामाजिक सञ्जालमार्फत महिला भलिबल टोलीलाई बधाई दिएका हुन्।

प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर सफलता प्राप्तिका लागि नेपाली टोलीलाई शुभकामना दिएका छन्।

बंगलादेशमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको हो।

ढाकास्थित शाहिद सूरवार्दी इन्डोर रंगशालामा नेपालले प्रतिस्पर्धात्मक खेलमा उज्वेकिस्तानलाई २६–२४, २४–२६, २५–१५, २५–२२ र १५–११ अंकले पराजित गरेको हो।

सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधि नेपालले जित्यो
प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको थियो।

नेपालले सन् २०१९ मा बंगलादेशमै सम्पन्न उक्त प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई हराएर उपाधि जितेको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *