विराटनगर, १४ पुस–प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मानव विकासविनाको विकासले खासै अर्थ नराख्ने बताएका छन् ।

प्रदेश लगानी प्राधिकरण प्रदेश १ द्वारा मंगलबार विराटनगरमा आयोजित प्रदेश १ को ‘दीर्घकालीन आर्थिक विकास, लगानी प्रवद्र्धन र निजी क्षेत्रको भूमिका’ प्रथम कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले मानवको विकास हुनु जरुरी रहेको बताए ।

ज्ञान, विज्ञान र शिक्षा मानवका लागि भएको भन्दै मुख्यमन्त्री राईले मानिसलाई केन्द्र विन्दु बनाएर गरेको विकासले राम्रो प्रतिफल प्राप्त हुने बताए । उनले समतामूलक समाज निर्माण गर्न विकास सबैतिर पुग्नुपर्ने विचार राख्दै विकासमा आमजनतालाई पनि अंशियार बनाउनुपर्ने धारणा राखे । सबै ठाउँको विकास गर्नु नै सङ्घीयता भएको भन्दै मुख्यमन्त्री राईले ठाउँ केन्द्रित विकासले शहरको जनघनत्व बढाएको चर्चा गरे ।

मुख्यमन्त्री राईले खानी, जलविद्युत, जलयातायातजस्ता क्षेत्रमा लगानी गरेर प्रशस्त आम्दानी गर्न सक्ने भन्दै लगानी गर्दा ऐन नियममा देखिने त्रुटिलाई फुकुवा गर्न प्रदेश सरकारले सहयोग गर्ने वचन दिए । उनले पूर्वाधार विकास मात्र नभएर शिक्षा र स्वास्थ्यमा लगानी गर्न उत्सुकता देखाउनुपर्ने भन्दै सरकारको बजेट कम भएकाले विकासमा निजी क्षेत्रको महत्व रहेको बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *