धरमपुर, १४ पुस–जनताद्वारा चुनिएका जनप्रतिनिधि र जनताका सेवकको रुपमा कार्यरत कर्मचारीहरुबाटै भ्रम र अन्यौलता उत्पन्न हुने कार्य भएपछि जनताले न्याय कहिले पाउँलान् ? जनताप्रति जिम्मेवार र जवाफदेहिताका लागि प्रतिबद्ध जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमत्तोमा कतिपय कामहरु हुने गरेको घट्ना सार्वजनिक भएको छ ।

झापाको शिबसताक्षी–२ मंगलबारे बजारस्थित वडा कार्यालयले प्रशासनीक फाँटतर्फ दर्ता किताबमा मनोमानी गरिएको पाइएको छ । वडा कार्यालयबाट उपलब्ध सेवा र बिभिन्न बिषयगत योजनाहरु माग सम्बन्धीका निवेदनलाई दर्ता गरिने किताबमै यस्तै ऋटुीपूर्ण अभिलेख पाइएको छ ।

बुधबार, वडा कार्यालयमा स्थानीय राजनीतिक दलका अगुवा, सामाजिक अभियान्ता र सञ्चारकर्मीहरु पुग्दा वडा सचिव पुर्ण शम्सेर कुँवर भेटिएन । वडाका अध्यक्ष कुलबहादुर बस्नेत र वडा सदस्य तथा नेकपा (एमाले) वडाध्यक्ष कुमार राई मात्रै कार्यालयमा भेटिए ।

वडा कार्यालयको दर्ता किताबमा भएको ऋुटी सम्बन्धी अध्यक्ष बस्नेतले दर्ता किताबमा सि नं, दर्ता मिति, पत्र संख्या, मिति, पठाउने व्याक्ति वा कार्यालय शिर्षक अन्तर्गत सि नंम्बर ४८ देखि सि नंम्बर ६७ मा पत्र दर्ता गरेको पाइन्छ । त्यसबीचको ४९ देखि ६६ सम्म खाली छाडिएको छ ।

त्यस्तैं, सि नंम्बर ९३ देखि १०५ सम्म दर्ता छ तर १०६ र १०७ नम्बरमा दर्ता गरिएको छैन । त्यहाँ खाली छोडिएको छ । सोही पेजमा १०८ देखि ११५ सम्म दर्ता गरिएको बिबरण उल्लेख छ । यो त एउटा प्रतिनिधत्व घटनाहरु हुन् । यस्तो घटनाहरु दर्ता वा चलानी किताबमा भएको बिबरणहरु हेर्न वा भेट्न सकिन्छ ।

नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत एबम् नगरपालिकाका सुचना अधिकारी प्रकाश चौधरीका अनुसार दर्ता किताबमा खाली छाड्न वा खाली राख्न नहुने जिकिर गरे । सुचना अधिकारी चौधरीले जनताको काम गर्ने जनप्रतिनिधि र कर्मचारीहरुले जनतालाई अलमल पार्ने वा अन्यौलता सिर्जना गर्ने खालको काम गर्न नहुने बताए ।

दर्ता किताबमा खाली राखिनु आफैमा शंकास्पद हो, चौधरीले भने–”के उदेशय हो, कस्तो नियमले यस्तो गरिएको हो । मैले बुझ्न सकिरहेको छैन् तर एकै वडा कार्यालयको दर्ता किताबमा यस्तो अवस्था दुई चारवटा नभएर धेरै वा पटक-पटक दोहोरिनुमा नियत वा उदेश्यलाई अध्ययन गर्न जरुरी छ ।”

वडाध्यक्ष बस्नेतले नगरका प्रमुख प्रशासकीय अधिकृत गीता राईसँग सम्पर्क गरेर दर्ता किताबमा देखिएको खाली क्रमसंख्यामा अध्यक्षको तर्फबाट हस्ताक्षर गरिसकेको बताए । उनले यो नगरपालिकको प्रचलन भएको बताए । नगरबाटै यस्तै हुदोरहेछ, बस्नेतले भने–”दर्ता किताबमा खाली रहेको ठाउँमा मैले आजै हस्ताक्षर गरिसके ।” उनी भन्छन्–”हिजोदेखि यहि रुपले भएपनि आगामी समयमा सि नम्बरलाई क्रमश बनाइने र खाली राखिने छैन् ।” उनले यस्तो कमजोरी मान्छेबाटै हुने गरेको र त्यसलाई सुधार्ने पनि अवसर दिनुपर्ने बताए ।

यता, वडा कार्यालयका सचिव कुँवर सम्पर्क बिह्रिन भए । कार्यालयको प्रशासनिक कामले वडा नं ७ को कार्यालय चन्द्रडाँगी र नगरपालिकाको कार्यालय ब्याङडाँडातर्फ लागेको अध्यक्ष बस्नेतले बताए । उनले मैले वडाको कामले पठाँएको हो, वडा कार्यालयमा आइपुग्न केही समय लाग्छ । केही कामले नगरपालिकामा रहनुपनि सक्नु हुन्छ । वहाँलाई म छिट्टै कार्यालय आइपुग्न भन्ने पक्षमा छैन, वहाँको उमेर पनि बुढ्यौली भइसकेको भन्दै बस्नेतले बचाउ गरे ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *