दमक, १४ पुस–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अनेरास्ववियुको दमक बहुमुमखी क्याम्पसमा आयोजक कमिटी गठन भएको छ ।
अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य, अखिल फोर्सका केन्द्रीय उपाध्यक्ष दमक बहुमुखी क्याम्पसका स्ववियु कार्यवहाक सभापति रोशन भण्डारीको प्रमुख आतिथ्यतामा बुधबार दमक बहुमुखी क्याम्पसमा आयोजक कमिटी गठन भएको हो ।
कमिटीका अध्यक्षमा आयुषमान पोख्रेल, उपाध्यक्षत्रयमा युनिस थापा, सुमन न्यौपाने र अनुपजंग बस्तेत चुनिकएका छन् । त्यस्तैं, सो कमिटीका सचिवमा रविन दाहाल, सहसिचिवमा अब्जल सिटौला, दिपेश भण्डारी, मदन बिश्वकर्मा र रविन अधिकारी छन् भने कोषाध्यक्षमा बिकिसा खत्री चुनिएका छन् ।
त्यस्तैं, सो कमिटीका सदस्यहरुमा सुरज पोख्रेल, महेश्वर भण्डारी, सज्जल आचार्य, कमल भण्डारी, अर्जुन न्यौपाने, राजु विश्वकर्मा, प्रज्वल भुडाल, कृष्ण कटुवाल, युजल सापकोटा, केदार श्रेष्ठ, अभिषेक भण्डारी, शुसिल खत्री र सुमन दाहाल चुनिएका छन् ।
आयुषमान पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमलाई रबिन दाहालले स्वागत मन्तव्य राखेका थिए ।
सो कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका नेता भण्डारीले बिद्यार्थीहरुको शैक्षिक आन्दोलन र मुद्धामा नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अनेरास्ववियुको नेतृत्व अहिलेको आवश्यकता भएको बताए । उनले बिद्यार्थीहरु उच्च शिक्षाको आर्जनको क्रममा शैक्षिक समस्याहरुसँगै समाज र राष्ट्रका लागि बिभिन्न खालको आन्दोलनमा समेत महत्वपूर्ण योगदान गरकेो स्मरण गर्दै समाजवादी अनेरास्ववियुको झण्डामुनी गोलबन्द हुन आग्रह गरे ।
भण्डारीले बिद्यार्थीहरु समाजको बिकृती र बिसंगतीप्रति लड्न र परिवर्तनको पक्षमा एकबद्ध हुनुपर्ने आवश्यक रहेको बताए ।
कार्यक्रममा नेकपा (एकीकृत समजवादी) का जिल्ला कमिटी सदस्य टीका प्रसाई, नगर कमिटी अध्यक्ष एबम् दमक बहुमुखी क्याम्पसका पुर्व स्वबियु सचिव महेश घिमिरे, प्रेष संगठन समाजवादी झापाका नेता अनिलदेब राईले बिद्यार्थी आन्दोलनमा अनेरास्ववियु समाजवादीको आगामी कार्यदिशा र एकताको पक्षमा मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेकपा (एकीकृत समाववादी) उर्लाबारी नगर अध्यक्ष ढकबहादुर थापा, अनेरास्ववियु केन्द्रीय सदस्य मदन गुरुङ, युवा संघ झापाका उपाध्यक्ष प्रवब भण्डारी लगायतको उपस्थिती थियो ।
कार्यक्रमको सञ्चालन बिद्यार्थी नेता युनिश थापाले गरेका थिए ।

