शिबगञ्ज, १४ पुस–झापाको शिबगञ्जस्थित जनआदर्श माध्यमिक बिद्यालयमा सरस्वती मन्दिरको शिलान्यास गरिएको छ ।

जनआदर्श पूर्व विद्यार्थी समन्वय समितिले निर्माण गर्न लागेको सो मन्दिरको आज एक कार्यक्रमबीच बिद्यालयका पूर्वप्रधानध्यापक लक्ष्मीप्रसाद उप्रेती र बर्तमान प्रधान्यापक तुलसी अधिकारीले शिलान्यास गर्नुभएको हो ।

शिबसताक्षी–६ शिबगञ्जमा अवस्थित जन आदर्श माध्यमिक बिद्यालय २०२४ सालमा स्थापना भएको हो । जिल्लामै पुरानो बिद्यालयको रुपमा रहेको जन आदर्श माध्यमिक बिद्यालयमा अवस्थित सरस्वती मन्दिर जिर्ण बन्दै गएपछि नयाँ स्थानमा पुर्नःनिर्माण गरिनुपरेको पूर्व बिद्यार्थी समन्वय समितिका अध्यक्ष एबम् वडा अध्यक्ष मनोज खुलाल कार्कीले जानकारी गराए ।

अनुमानित रु १० लाख खर्च हुने सरस्वती मन्दिर निर्माणका लागि पूर्व बिद्यार्थी समन्वय समितिले सहयोगको अपिल गरेको छ । आउदो श्रीपञ्चमी पुजाको अवसर पारेर मन्दिर उद्घाटन गरिने शिलान्यास कार्यक्रममा जानकारी गराइयो । सहयोग दाताहरुको बिबरणलाई मन्दिर निर्माणपछि उद्घाटन समारोहमा बाचन गरिने भएको छ । त्यस्तैं, रु १० हजार माथि सहयोग गर्ने दाताहरुको नामलाई शिलालेखमा राखिने मन्दिर निर्माण उपसमितिका संयोजक भवगती ढुंगेलले बताईन् ।

पूर्व बिद्यार्थी समन्वय समितिका सचिव एबम् बिद्यालयका शिक्षक दिनेश श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष कार्कीले सरस्वती मन्दिर निर्माण गरिनु पर्ने कारण र निर्माण कार्यमा आर्थिक सहयोग सकलन सम्बन्धी प्रष्ट पारेका थिए ।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी शिबसताक्षीका अध्यक्ष एबम् पूर्व बिद्यार्थी नारायण प्रसाद दाहाल, शिबगञ्ज बजार व्यवस्थापन समितिका अध्यक्ष एबम् पूर्व बिद्यार्थी मुक्ति गुरागाई, शिबगञ्जका पुराना सामाजिक अगुवा बिष्णुप्रसाद खतिवडा, वडा न ६ का वडा सदस्य बद्रीनाथ खनाल, लक्ष्मी गुरागाई, वडा सचिव बिमल बास्कोटा, पूर्व बिद्यार्थी समन्वय समितिका सदस्य पार्वता खतिवडा पौडेल, सन्तोस भट्टराई, भगवती ढुंगेल, लक्ष्मीकान्त कर्ण लगायत बिद्यालयका शिक्षक, शिक्षिका, बिद्यार्थीहरुको उपस्थिति थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *