गोविन ल्वागुन डुडामारी (शिवसताक्षी), पुस–झापाको शिबसताक्षी-१ धरमपुरस्थित फुलबारी रंगाशालमा जारी दोस्रो शिवसत्ताक्षी नगर भेट्रान फूटबल प्रियोगिताको फाइनल खेलमा वडा नम्बर ९ र १० बीच भिडन्त हुने भएको छ ।
प्रतियोगिता अन्तर्गत आजको अन्तिम सेमीफाईनल खेलमा वडा नम्बर १ लाई २–१ गोल अन्तरले पाखा लगाउँदै वडा नम्बर ९ ले फाइनलको यात्रा तय गर्दै वडा नम्बर १० सँगको भेट पक्का गरेको हो ।
शिवसताक्षी भेट्रान फुटबल क्लबको आयोजनामा प्रस्तावित फूलबारी रंगशालामा भईरहेको खेलमा आज फाइनल यात्रा को लागि वडा नम्बर ९ का जीवन गिरी र विनोद खरेलले १–१ गोल गरे । निकै प्रतिस्पर्धात्मक भएको खेलमा दुवै तर्फ बाट गोल लगाउने अवसरहरु धेरै गुमाएका थिए ।
पहिलो हाफ गोल रहित बराबरी भएको खेलमा दोस्रो हाफको १८ मिनेट र २१ मिनेटमा क्रमस जीवन गिरी र विनोद खरेलले गोल गरेका थिए । पराजित टिमका तर्फबाट कुमार जोशीले ३० औं मिनेटमा ३० यार्ड टाडाबाट हानेको गोलले जाली चुमआउँदै गोल अन्तर काम गरेका थिए । आजको खेलको प्लेयर अफ दि म्याच जितेन तुम्बापो घोषित भए ।
फाइनल खेल १७ गते शनिबार २ः ३० बजे हुने आयोजक समितिका अध्यक्ष लीलाबहादुर जोशीले बताए । निकै प्रतिस्पर्धात्मक हुने बताइएको छ ।
प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैयाँ सहीत ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् भने उपबिजेताले रु ३० हजारसहित ट्रफि मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सदस्य दिल सेरेङ लिम्बूले बताए ।
