धरमपुर, १५ पुस–उपाधी दाबेदारका लागि बलियो टिम शिबसताक्षी–१ धरमपुरलाई १ बिरुद्ध २ गोलको अन्तरले हराउदै आज सम्पन्न अन्तिम सेमिफाइनबाट शिबसताक्षी–९ फाइनलमा प्रवेश गरेको छ । उसले १७ पुस शनिबार शिबसताक्षी–१० को सामाना गर्ने पक्कापक्की भएको छ ।
झापाको शिबसताक्षी–१ धरमपुरस्थित फुलबारी रंगाशालमा शिबसताक्षी नगरपालिका वडा स्तरीय भेट्रान फूटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न सेमिफाइनलको अन्तिम खेलमा वडा नं ९ ले वडा नं १ लाई हराउर्दै पाइनलको यात्रा तय गरेको हो ।
शिवसताक्षी भेट्रान फुटबल क्लबको आयोजनामा धरमपुरस्थित फूलबारी रंगशालामा भएको खेलमा वडा नम्बर ९ का जीवन गिरी र विनोद खरेलले १–१ गोल गरे ।
अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा दुवै तर्फबाट गोल लगाउने अवसरहरु धेरै गुमाएका थिए । पहिलो हाफ गोल रहित बराबरी भएको खेलमा दोस्रो हाफको १८ मिनेट र २१ मिनेटमा वडा नंम्बरको तर्फबाट जीवन गिरी र विनोद खरेलले गोल गरेका थिए ।
यता, पराजित टिमका तर्फबाट कुमार जोशीले ३०औं मिनेटमा ३० यार्ड टाडाबाट हानेको गोलले जाली चमाएका थिए ।
आजको खेलको प्लेयर अफ दि म्याच जितेन तुम्बापो घोषित भए ।
फाइनल खेल १७ पुस शनिबार २ः३० बजे हुने आयोजक समितिका अध्यक्ष लीलाबहादुर जोशीले बताए ।
फाइनल खेल प्रतिस्पर्धात्मक हुने आयोजकको दाबी छ । दुवै टोलीमा पूर्व खेलाडीहरूको बाहुल्यता रहेकोले पनि फाइनल खेललाई महत्वको साथ हेरिएको छ।
प्रतियोगिताको बिजेताले रु ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपबिजेताले रु ३० हजारसहित ट्रफि मेडल र प्रमाण-पत्र पाउने आयोजक समितिका सदस्य दिल सेरेङ लिम्बूले बताए ।
