दमक, १५ पुस–संघीय सांसद एबम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बुको पहलमा झापाको कमल गाउँपालिका ४, ५ र ६ मा पर्ने सितापुरी–मिलडाँडाहुदै किस्ने दोभानसम्म सडक कालोपत्रे हुने भएको छ ।
संघीय सरकारले त्यस सडकमा कालोपत्रे निर्माणका लागि रु २ करोड ५० लाख बराबरको बजेट बिनियोजन भएपछि त्यस सडक कालोपत्रे बन्न लागेको हो ।
सो बिनियोजित बजेट सम्बन्धी आज नेपाली कांग्रेस कमल ४ वार्ड समितिले मिलडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीयबासी तथा सरोकारवालालाई जानकारी गराएको हो ।
कार्यक्रममा सहभागी कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी सांसद लिम्बूले संसद बिकास कोषबाट आफ्नो बिशेष पहलमा यो पटक यस क्षेत्रमा बजेट पार्न सफल भएको जानकारी दिएकी थिईन् । सडकका लागि वजेट कार्यान्वयनको कार्य अन्तिम चरणमा रहेको उल्लेख गर्दे उनले ओझेलमा रहेको यस सडक कालोपत्रे बनेपछि यस क्षेत्रले कोल्टे फेर्ने जोड दिईन् । योजना कार्यान्वयन गर्न स्थानीय बासिन्दाहरुको भूमिका खाँचो भएको उनले औल्याईन् ।
अन्तरकृयासहितको सो कार्यक्रममा स्थानीयबासीका तर्फबाट केशव तिम्सीनाले बर्षोदेखि आफूहरुले बर्षोदेखि उठाउदै आएको कालोपत्रेको योजना बन्ने शुनिश्चित भएकोमा खुसी प्रकट गर्दे सांसद लिम्बूलाई धन्यवाद समेत दिएका थिए ।
कांग्रेस वडा न ४ का सभापति सागर राईको सभापतित्वमा भएको सो कार्यक्रममा पार्टीका प्रदेश सदस्य हुकुमसिंह राई, महाधिबेशन प्रतिनिधि राजन ढुङगाना, कांग्रेस कमलका पूर्व सभापति खगेन भण्डारी, प्रदेश प्रतिनिधि दिपा गौतम, बदीराम राई, बिष्णु बेघा, वार्ड न २ का सभापति मोहन भण्डारी, वार्ड न ५ का सभापति चन्द्रसिंह राई, सञ्चारकर्मी तथा स्थानीयहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
