धरमपुर, १६ पुस–झापाको शिबसताक्षी-२ धरमपुर मंगलबारेस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा आज ४६औं मेलमिलाप दिवस मनाएको छ । बिपि कोइरालाले सुरु गरेको मेलमिलाप दिवसको अवसर पारेर वडा समितिले पार्टी कार्यालय भवनको आय–ब्यय सार्वजनिकका साथै कमजोर आर्थिक अवस्थाका एक जना शारिरिक अशक्तलाई बैशाखी बितरण गरिएको छ ।

वडा सभापति एबम् उद्योगी व्यवसायी काजीमान बुडाथोकीको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो कार्यक्रमको अवसर पारेर आर्थिक अवस्था कमजोर र शारिरिक अशक्त शुनिल टुडुलाई बैशाखी वितरण गरिएको हो । वडा सभापति डिबी बोहोराका अनुसार शारिरिक रुपमा अशक्त टुडुको दैनिक जीवन कष्टकर र पीडादायी भएकोले आज पार्टीद्वारा मेलमिलाप दिवसको अवसरमा बैशाखी प्रदान गरिएको हो ।

आजै, पार्टी कार्यालय भवन निर्माणसँगै पछिल्लो समय भवनको रंगरोगनमा भएको भएको खर्च र आम्दानीका बिवरणहरु समेत सार्वजनिक गरिएको उपसभापति बोहोराले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा सभापति बुडाथोकीले बिपी कोइरालाले सुरु गरेको मेलमिलाप दिवसको महत्व र आवश्कता बारेमा चर्चा गर्नुभएको थियो ।

वडाका पूर्व सभापति सिताराम बास्तोला, नेत्र गुरुङ, क्षेत्रीय प्रतिनिधि एबम् पार्टी कार्यालय भवन जग्गादाता नेत्र बिमली, नेता प्रेम कार्की, नगर सदस्य प्रकाश अधिकारीसहित नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल, किसान संघ, महिला संघ, बुद्धिजीबि, शिक्षक, स्थानीय व्यापारी र व्यवसायीहरुको उपस्थिति थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *