दमक, १७ पुस–नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले अब पार्टी नेतृत्वले कुनै पनि बहानामा जिम्मेवारीबाट च्युत हुन नसक्ने बताएका छन् ।
१४ औ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको लामो खारिएको अनुभव र युवा पुस्ताको सक्रियताले पार्टीलाई नयाँ उर्जा दिने पनि उनको बिश्वास छ ।
गृह जिल्ला पाँचथर पुगेर काठमाडौ फर्किने सिलसिलामा शनिवार झापाको दमक आईपुगेका नेता आङ्देम्बेले वंशवादी र पुरातनवादी जडशुत्रबादी सोचको अन्त्य भईसकेको पनि उल्लेख गरे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको दुइतिहाई बहुमतलाई समेत आफै अवमूल्यकन गर्दै आम जनताको परिवर्तन , उपलब्धीमाथी कुठाराघात गरेको टिप्पणी गरे ।
सहमहामन्त्री भिष्मराज आङ्देम्बेले एमालेले लगातार संसद अवरुद्ध गरेर संसदीय मूल्य मान्यताको उपहास गर्दै संसदलाई बन्धक बनाएको पनि आरोप लगाए । पार्टी भित्रको आन्तरिक विषयमा केन्द्रित हुँदै लोकतान्त्रिक मूल्य मान्यता अनुरुप १४ औ महाधिवेशन सम्पन्न गरेको दाबी गरे । उनले काङ्ग्रेस नेतृत्व चयनका क्रममा अपनाइएको लोकतान्त्रिक प्रक्रियाले आज नेपाली राजनीतिमा नयाँ उदाहरण प्रस्तुत गरे ।
आन्तरिक निर्वाचनको तितो मिठो अनुभवलाई सबै तह तप्काका नेता, कार्यकर्ताले बिर्सिएर नयाँ सोच, बिचारका साथ सक्रिय हुन नसके कुनै पनि नयाँ उपलब्धि हात पार्न नसकिनेतर्फ सचेत हुन कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।
