धरमपुर, १७ पुस–झापाको शिवसताक्षी–१ धरमपुरमा भइरहेको दोस्रो संस्करणको ‘वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिताको उपाधि वडा नं ९ ले कब्जा गरेको छ ।
शिवसताक्षी–१ धरमपुरमा अवस्थित फूलबारी रंगशालामा भएको वडा स्तरीय भेट्रान खेलमा वडा नम्बर ९ ले वडा नम्बर १० लाई ० का बिरूद १ गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।
खेलको पहिलो हाप गोलरहित सम्पन्न भएको थियो । दोस्रो हापको १७ मिनेटमा वडा नं ९ का सन्तोष थोप्राको पासलाई बिनोद खरेलले सदुपयोग गर्दै जाली चुमाएका थिए । सोही गोलनै वडा नं ९ का लागि फाइनलका लागि उपाधी रक्षा गर्ने महत्वपूर्ण गोल बन्यो ।
खेलको म्यान अफ द म्याच बिनोख खरेल घोषित भए । उनी बिजेता टीमका हुन् । त्यस्तैं, सर्वोकिष्ट खेलाडी बिजेता टीमका सत्यनारायण चौधरी भए ।
यता, खेल अवभीभर धेरै गोलकर्ताका रुपमा वडा नं ८ का केशन शेर्मा घोािषत भएका छन् । त्यस्तैं, प्रतियोगिताको सवै टीमबाट जेष्ट खेलाडी बमबहादु राईलाई कदर पत्रले सम्मान गरिएको छ । शिबसताक्षी–८ का भेट्रान टीमका क्याप्टेन समेत रहेका ५२ बर्षिय राईलाई जेष्ठ खेलाडीको रुपमा सम्मान गरिएको हो ।
बिजेता टीमले रु ५० हजार पाए भने उपबिजेता टीमले रु ३० हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र पाएका छन् ।
पुस १० गतेबाट सुरु भएको दोस्रो संस्करणको प्रतियोगिताको अघिल्लो संस्करण शिबसताक्षी–१ धरमपुरले उपाधी कब्जा गरेको थियो । प्रतियोगितामा वडा नं ५ बाहेका १० टिमले सहभागिता जनाएको थियो ।
फाइनल खेलको समापन समारोहमा आयोजक शिबसताक्षी भेट्रान फुटबल क्लबका अध्यक्ष एबम् भेट्रान खेलाडी लीलाकुमार जोशीको अध्यक्षता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि वडा नं १ का सुवास राई थिए । चन्द्र खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन दिल सेरेङले गर्नुभएको थियो ।
कार्यक्रममा शिबसताक्षीका राजनीति अगुवा चन्द्रवीर नेम्बाङ, १ नंम्बर वडा सदस्य नरेन्द्र रिजाल, वडा नं १० का वडा सदस्य हर्क सिगु, भाष्कर सिटौला, नेपाली काँग्रेस वडा नं १ का सभापति नरेन्द्र बोहोरा, एमालेका अध्यक्ष नरेन्द्र दाहाल, नेकपा (माओावादी केन्द्र) का अध्यक्ष नेत्र नेम्बाङ, धरमपुर पेशा व्ययवसायी संघका अध्यक्ष एबम् भेट्रान खेलाडी पेमा तामाङ, सहकारी अभियान्ता एबम् भेट्रान खेलाडी बिनोद ढकाल, नेपाली काँग्रेस शिबसताक्षी नगरका नेत्री जयकुमारी चेम्जोङ, धरमपुर बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कुमार संकर, नगर खेलकुद विकास समितिका सदस्य तुलसी दाहाल, गोपीचन्द्र पोख्रेल, शिबसताक्षी उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष पदमलाल अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
