दमक, १८ पुस–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्त विद्यार्थी यूनियन (अनेरास्ववियू) को झापाको बिर्तामोडमा सम्पन्न भेलाले हरिप्रसाद भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

कमिटीका उपाध्यक्षमा बिनम सरदार, सचिवमा युनिष थापा, सहसचिवत्रयमा अनुषा अर्याल, रवीन अधिकारी, नवीन ताजपुरिया र कोषाध्यक्षमा प्रबिन सिटौला चुनिएका छन् ।

अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य, अखिल फोर्सका केन्द्रीय सहसंयोजक समेत रहनुभएका दमक बहुमुखी क्याम्पसका कार्यवहाक स्ववियू सभापति रोशन भण्डारीको अध्यक्षतामा झापाका विद्यार्थीहरुको भेला भएको हो । सो भेलाका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा झापाली नेता पुष्प पोख्रेलले विद्यार्थीहरुलाई सम्बोधन गर्नुभएको थियो ।

प्रमुख अतिथि पोख्रेलले देशको अग्रगामी राजनीति छलाङ र प्रगतिशिल शैक्षिक मुद्याका लागि एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियूले उठाउन सक्न्े भएको बताउनुभयो ।

सो अवसरमा अनेरास्ववियूका केन्द्रीय उपमहासचिव मिलन राईले नवगठित कमिटीलाई पद तथा गोपनियताको सपथ गर्नुभएको थियो ।

यस्तैगरी, एकीकृत समाजवादी झापाका अध्यक्ष बेदराज रेग्मी, अर्जुनधारा नगर अध्यक्ष अर्जुन मेचे, दमक नगर अध्यक्ष महेश भण्डारी, विर्तामोड अध्यक्ष श्री सिटौला, पार्टी जिल्ला कमिटीका प्रचार बिभाग प्रमुख एबम् वरिष्ठ पत्रकार तीर्थ सिग्देल, युवा संघ नेपालका केन्द्रीय नेता तथा प्रदेश १ का सचिव प्रत्युष राणा, समाजवादी खेलकुद महासंघका केन्द्रीय नेता तथा प्रदेश १ का अध्यक्ष शंकर थापा लगायतका केन्द्रीय विद्यार्थी नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस्तैं, कार्यक्रमका अध्यक्षताको तर्फबाट धन्यवाद तथा बधाई सहित शुभकामना मन्तव्य राख्नुहुदै विद्यार्थी नेता भण्डारीले एकीकृत समाजवादीसम्बद्ध अनेरास्ववियूमा विद्यार्थीहरुको आर्कषक झापा लगायत देशभरी बढ्र्दै गइरहेको बताउनुभयो ।

नेता भण्डारीले विद्यार्थीहरु मार्फत देशभित्र ठूल–ठूला परिवर्तनहरु भएको स्मरण गर्दै नेकपा (एमाले) बाट बिद्रोह गरेपछि बनेको हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) मा विद्यार्थीहरुको आर्कषण बढ्नु आफैमा पछिल्लो महत्वपूर्ण अभियान र जागरण भएको बताउनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *