धरमपुर, १९ पुस–झापाको धरमपुरस्थित फुलबारी रंगशालामा शनिबार सम्पन्न शिबसताक्षी नगरपालिका वडा स्तरीय भेट्रान फूटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । शिबसताक्षी भेट्रान फूटलब क्लबले आयोजना गरेको प्रतियोगितामा रु १ लाख ७ सय ७५ आम्दानी र रु १ लाख २० हजार ८ सय ८० खर्च भएको विबरण प्रस्तुत गरिएको छ ।

सोमबार, फुलबारी रंगशालामा एक संक्षिप्त कार्यक्रमको आयोजना गरेर क्लबले आय तथा ब्यय प्रस्तुत गरेको हो । क्लबका अध्यक्ष लीलाबहादुर जोशीका अनुसार आम्दानीतर्फ शिबसताक्षी नगरपालिकाबाट रु ५० हजार, वडा कार्यालय शिबसताक्षी १ धरमपुरबाट रु २० हजार, धरमपुर बचत तथा ऋण सहकारी संस्थाबाट रु २० हजार प्राप्त भएको छ ।

त्यस्तैं, प्रतियोगितामा सहभागिता वडास्तरीय टिमहरुबाट वडा नं ८ ले रु ३९ सय, वडा नं २ ले २१ सय र वडा नं ४ ले १५ सय रुपैया दायित्व बुझाएको आय तथा ब्ययमा सार्वजनिक गरिएको छ । सो प्रतियोगितामा सहभागिता भए वापत वडास्तरीय टिमले बुझाउनुपर्ने दायित्व रु ५ हजार हो, अध्यक्ष जोशीले भने–तर यी दायित्व पुरा हुन नसक्दा प्रतियोगितामा आर्थिक पक्ष कमजोर भएको हो ।

प्रतियोगितामा १० वटा वडास्तरीय टिमले सहभागिता जनाएका थिए । नगरमा ११ वडाहरु छन् । प्रतियोगितामा वडा नं ५ ले सहभागिता जनाएनन् ।

प्रतियोगितामा वडा नं ९ ले बिजेता बन्दै रु २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाए भने वडा नं १० उपबिजेता बन्दै रु १० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका थिए ।

गत, १० पुस, शनिबार उद्घाटन भएको वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता १७ पुस शनिबार सम्पन्न भएको थियो ।

आय ब्यय सार्वजनिक कार्यक्रममा वडा नं १ कार्यालयका तर्फबाट वडा सदस्य मनकुमार श्रेष्ठको सहभागिता रहेको थियो ।

त्यस्तैं, कार्यक्रममा आयोजक क्लबका अध्यक्ष लीलाबहादुर जोशी, सचिव दिल सेरेङ, धरमपुर सहकारी संस्थाका उपाध्यक्ष कुमार संकर, धरमपुर पेशा व्यवसायी संघका अध्यक्ष पेमा तामाङ, भेट्रान खेलाडी चन्द्र खड्का, नारायण कटुवाल, बिनोद ढकाल, गोपीकृष्ण पोख्रेल, देबराज राई लगायतको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *