गोविन ल्वागुन/शिवसताक्षी, २० पुस–झापाको शिवसताक्षी–८ का जेष्ठ नागरिकहरुलाई जाडोबाट बच्न न्यानो सिरक बितरण गरिएको छ । सोमबार वडा नम्बर ८ दुर्गा मन्दिरमा एक कार्यक्रमको आयोजना गरी ८५ वर्ष माथिका ५४ जना जेष्ठ नागरिकहरुलाई न्यानो सिरक वितरण गरिएको हो ।

समाजका जिउँदो इतिहास जेष्ठ नागरिक हरुलाई चिसो मौसममा अति जोखिम हुने हुँदा न्यानो सिरक वितरण गरिएको जेष्ठ नागरिक उपभोक्ता नगर समितीका अध्यक्ष पदमप्रसाद दाहालले बताए । शिवसताक्षी नगरपालिकाबाट प्राप्त ५ लाख आर्थिक सहयोगमा नगरका ११ वटै वडाका वृद्धा हरुलाई वितरण गरिने बताइएको छ ।

हाल नगरमा ४ सय जना ८५ वर्ष माथिका जेष्ठ नागरिक हरु रहेका छ। गत पुस ४ गतेबाट सिरक बितरण सुरु गरिएको र पुस २२ गते ११ वाडमा वितरणसँगै सिरक वितरण कार्यक्रम समापन हुने जनाइएको छ ।

वडा नम्बर ८ जेष्ठ नागरिक समितिको व्यवस्थापनमा भएको कार्यक्रम वाड नम्बर ८ का जेष्ठ नागरिक समितीका अध्यक्ष तेज प्रसाद भट्टराईको अध्यक्षतामा प्रमुख अतिथि वडा अध्यक्ष केहेरसिङ बस्नेतबाट वितरण गरिएको आयोजक समितिका सदस्य चन्द्रबहादुर ल्वागुनले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *