शिबगञ्ज (शिबसताक्षी), २० पुस–जिल्लाभरीका पालिकाहरु मध्ये झापाको शिबसताक्षी–६ मा पहिलो पटक सुरु गरिएको लोकसेवा तयारी कक्षालाई यसवर्ष पनि निरन्तरता दिइएको छ । शिबगञ्जस्थित वडा कार्यालयले आर्थिक बर्ष २०७८।०७९ अन्तर्गत विकास योजनातर्फ लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो ।

आज शिबगञ्जमा एक समारोहबीच लोकसेवा तयारी कक्षाको वडा अध्यक्ष एबम् नेपाली काँग्रेस शिबसताक्षी नगरका युवा नेता मनोज खुलाल कार्कीले समुद्घाटन गर्नुभएको छ । वडा कार्यालयले आफ्ना वडाका अध्ययनरत र अध्ययनपछि घरैमा बसिरहेका शिक्षित र बेरोजगार वडावासीको समस्यालाई सम्बोधन गर्न लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीका अनुसार यस कक्षा सञ्चालनका लागि वडा कार्यालयले आर्थिक बर्ष २०७८।०७९ मा रु २ लाख बजेट बिनियोजन गरिएको हो ।

वडा अध्यक्ष कार्कीले यसखाले कार्यक्रम जिल्लामै पहिलो पटक शिबसताक्षी–६ शिबगञ्जमा कार्यक्रम सुरु गरिएको हो । गतवर्षदेखि सुरु भएको कार्यक्रमलाई निरन्तरता दिइएको हो, अध्यक्ष कार्कीले भने–”समाजमा बढ्दो शिक्षित युवाहरुको जमात छ । उनीहरुको माग र चाहानालाई पुरा गर्न गत वर्षदेखि लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो ।”

लोकसेवा तयरी कक्षा समुद्घाटन कार्यक्रममा शिबगञ्ज बहुमुखी क्याम्पसका प्राध्यापक एबम् कानून व्यवसायी पदम थापा, वडा सदस्य लक्ष्मी गुरागाई, बद्री खनाल र सहभागि विद्यार्थीको तर्फबाट सन्तु कर्णले मन्तव्य राख्नुभएको थियो । सहभागि विद्यार्थीको तर्फबाट कर्णले लोकसेवा तयारी कक्षा गाउँमा आउँदा आर्थिक र मानसिक तवरले धेरै फाइदा पुग्ने भएकोले वडा कार्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा स्थानीय संघसंस्था, राजनीति दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सञ्चालन वडा कार्यालयका सचिव बिमल बास्कोटाले गर्नुभएको थियो ।

१ महिनासम्म सञ्चालन हुने तयारी कक्षा कार्यक्रममा एसएलसी उर्तिणदेखि प्सटु र डिप्लोमा तहका विद्यार्थीहरुको सहभागिता रहेको वडाध्यक्ष कार्कीले बताउनुभयो । अध्यक्ष कार्कीका अनुसार तयारी कक्षा प्रत्येक विहान ६ः३० देखि ९ः३० बजेसम्म सञ्चालन हुने जानकारी गराउनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *