क्याम्पा (कमल), २१ पुस–झापाको कमल गाउँपालिका २ क्याम्पास्थित श्री कमला मदन आश्रीत स्मृति माध्यमिक विद्यालयमा सोमनाथ रेग्मी स्मृति कोष २०७८ को स्थापना गरिएको छ ।

गाउँपालिकाकै वडा नम्वर २ निवासी स्वर्गिय सोमनाथ रेग्मीको स्मृतिमा वहाँका जेठा छोरा तोयानाथ रेग्मी तथा बुहारी जानुका गुरागाईद्वारा विद्यार्थीको शैक्षिक उन्नयनमा मद्दत पु¥याउने उदेश्यले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको अक्षय कोष स्थापना गर्नु भएको हो ।

विध्यालयमा रेग्मिका छोरा, बुहारी नातिनीले अध्ययान गरेका थिए । शिक्षाका क्षेत्रमा राज्यले अहिलेसम्म गरेको लगानी पर्याप्त छैन भने समुदयाले पनि शिक्षा क्षेत्रमा रचनात्मक धारणा अझै बनाउन नसकेका कारण कोषको स्थापना गरेका हौ । आर्थिक अभावका कारण उच्च शिक्षा लिनबाट बन्चित विध्यार्थिलाई सहयोग पुग्ने कोषका संरक्षक तोयानाथ रेग्मिले बताउनुभयो ।

आफ्ना पिताजीको स्मृतिमा रेग्मि परिवारले स्थापना गरेको अक्षय कोष गाउँपालिकाकै अहिलेसम्मको ठुलो कोष हो । राज्य तर्फबाटमात्र शैक्षिक सुधार सम्भव नभईराखेको बेला कोषले विध्यालयको शिक्षा क्षेत्रमा सुधार पग्नुुका साथै उत्कृष्ट विध्यार्थि उच्च शिक्षा अध्यायन गर्न ठुलो सहयोग पुग्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

कार्यक्रममा कमल गाउँपालिका शिक्षा समिती सदस्य चक्र बहादुर गुरुङ्गले विध्यालयमा अध्यायनरत कक्षा ४ र ५ का विध्यार्थिलाइ ट्रयाक सुट वितरण गर्नु भएको थियो । ट्रयाक सुट वितरण गर्ने अवसर प्रदान गरेकोमा गुरुङ्गले विध्यालय परिवारलाई धन्यवाद दिनुभएको थियो ।

आर्थिक अभावका कारण उच्च शिक्षा लिनबाट बञ्चित विध्यार्थिलाई कोषले ठुलो सहयोग पुग्ने छ भने आफ्ना पितालाई सधैभरी सबैले स्मरण गर्नेछन् । शैक्षिक क्षेत्रको सुधारका लागी सबैले सबै ठाउबाट लाग्ने हो भने शैक्षिक सुधार गर्न समय नलाग्ने पेशागत महाँसंघ प्रदेश १ का अध्यक्ष देवराज कार्किले बताउनुभयो ।

सामुदायीक विध्यालयमा अध्यायनरत विध्यार्थिलाई उच्च शिक्षा अध्यानमा कोषले ठुलो सहयोग पुग्ने छ । यस कार्यले आम अभिवभावलाई अगाडी बड्न पे्ररणा मिलोस् भन्ने कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले शुभकामन व्याक्त गर्नु भयो ।

१९९७ साल असार १६ गते तेह्थुममा जन्मनु भएका सोमनाथ रेग्मीको २०७७ साल पौष २९ गते देहावसान भएको थियो । सामान्य परिवारमा जन्मिए पनि शिक्षाप्रतिको लगाव तथा महत्व बुझी आफ्ना छोराछोरीलाई पढाउनुपर्छ भन्ने पिताजीको भावनालाई आत्मसात गर्दै भविश्यसम्म बुबालाई जीवन्त राख्न तथा शैक्षिक क्षेत्रमा बुबाले गर्नु भएको योगदानलाई पुरा गर्न कोषको स्थापना गरेको रेग्मि परिवाले जानकारी दिनुभयो ।

कोषबाट माध्यमिक विद्यालय तह (कक्षा १२) पूरा गर्ने उत्कृष्ठ १ छात्र १ छात्रा गरी दुई जनालाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने छ ।

यस विद्यालयमा अध्ययन गरेका सोमनाथका परिवारका सदस्य शिक्षा सेवामा पनि कार्यारत छन् । साधारणदेखि उच्च पदस्थ निजामती कर्मचारीका हालसम्म कार्यारत रहनु भएको छ । जेठो छोरा तोयानाथ रेग्मी, उपसचिव, हाल शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख, अर्जुनधारा नगरपालिका कार्यारतहुनुहुन्छ भने जेठी बुहारी जानुका गुरागाइँ, शाखा अधिकृत रुपमा राष्ट्रिय चिकित्सा शिक्षा आयोग, सानोठिमी भक्तपुर हुनुहुन्छ ।

त्यसैगरी माईलो छोरा कुमारप्रसाद रेग्मी, निम्न माध्यमिक विध्यालय तृतृय श्रेणीमा बाह्दशीमा कार्यरत हुनुहून्छ ।

विध्यालयका शिक्षक यामनारायण प्रधानले सन्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक हिम प्रसाद दाहालले विध्यालयको बर्तमान अवस्थाका साथै कोषले विध्यार्थिलाई पुग्ने फाईदाका बारेमा बोल्नु भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *