काठमाडौँ, २३ पुस–देशभर पछिल्लो २४ घण्टामा ९६८ जना कोभिड संक्रमित थपिएका छन् । १४ हजार ९७१ वटा नमुनाको परीक्षण गर्दा ९६८ वटाको नतिजा पोजिटिभ आएको हो ।
आज २०२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर ५ हजार २८६ जना होम आइसोलेसनमा र ४५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण मृत्यु हुनको संख्या शून्य छ ।
