बिर्तामोड, २४ पुस–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ) ले झापामा जिल्ला कमिटी गठन गरेको छ । बिर्तामोडमा सम्पन्न एकीकृत समाजवादी महिलाहरुको भेलाले हरिमाया मैनालीलाई जिल्ला अध्यक्षमा चयन गर्दै अनेमसंघ समाजवादी गठन गरेको छ ।

पार्टीका प्रदेस इन्चार्ज घनेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको भेलाले सो कमिटीको उपाध्यक्षमा चन्द्रकला भण्डारी, टीका रेग्मी, सचिबमा टीका पाठक, सह सचिबमा लक्ष्मी थिङ, चानमति राजबशी, कोशाअध्यक्ष सुशीला तिवारीलगायत ७५ जना रहेको कमिटी गठन गरेको केन्द्रीय सदस्य शर्माले बताउनु भयो ।

सो भेलालाई केन्द्रीय सदस्य निलमणि बराल, जिल्ला अध्यक्ष बेदराज रेग्मी लगायतले सम्बोधन गर्नु भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *