भद्रपुर, २४ पुस–नेकपा (एकीकृत समाजवादी) को भातृसंगठन युवा संघ भद्रपुर नगर कमिटीको गठन भएको छ।

डम्बर गुरुङ्गको अध्यक्षतामा ५१ सदस्य रहेको युवासंघ भद्रपुर नगरकमिटी गठन भएको हो ।

युवा संघका केन्द्रिय सचिव तथा नेकपा (एकीकृत समाजवादी) झापाका युवा नेता प्रत्युस रानाको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा एकीकृत समाजबादीका केन्द्रिय सदस्यहरु पुस्पराज पोखरेल र लोकबन्धु कन्दङ्वा, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु समेतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अध्यक्षता पदम लिम्बू र संचालन सानुकुमार लामाले गर्नु भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *