दुधे, २४ पुस–सेवारो बचत तथा ऋण सहकारी संस्थाले आज १५औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दुधेस्थित भुपु सैनिकको भवनमा सम्पन्न बार्षिक साधारणसभामा पूर्वअध्यक्ष, सञ्चालक समितिका सदस्य, पूर्व निमित्त व्यवस्थापक, कर्मचारी बालबचतकर्ता र उत्कृष्ट कारोबार गर्नेहरुलाई मान–सम्मनसहित पुरस्कृत गरेको छ ।
शिबसताक्षी–११ दुधेमा रहेको सेवारो बचत तथा ऋण सहकारी संस्थाले पूर्व अध्यक्ष सुबेदार धनबहादुर राई, पूर्वसञ्चाल समिति सदस्य सावित्रा लिङदेन, पूर्व निमित्त व्यवस्थापक टेकनाथ रिजाल, असल कर्मचारी पुर्णमाया राई कुलुङ, असल बचतकर्ता श्यामवीर तामाङ, असल बचतकर्ता देउकुमार लिम्बू, असल बाल बचतकर्ता त्रिया केदेम, आविश्कार खनाल, असल ऋणी सम्झाना राई, कपिल राजवंशीलाई मान–सम्मान गरिएको छ । पूर्व निमित्त व्यवस्थापक रिजाललाई नगद १२ हजारसहित र अन्य सम्मानितहरुलाई नगद पुरस्कार र सम्मानपत्रले कार्यक्रमका प्रमुख अतिथि शिबसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपालले सम्मान गरेका थिइन् ।
संस्थाका अध्यक्ष डिल्लीलाल फेम्बु लिम्बूको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा संस्थाले पन्ध्रौ बार्षिक साधारणसभा प्रस्तुत गरिएको आर्थिक बर्ष २०७७।०७८ का प्रगती तथा भावी कार्यक्रम र लक्ष्यसहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो । अध्यक्ष फेम्बोद्वारा प्रस्तुत प्रतिवेदनलाई बन्दसत्रमा सदस्यहरुले पारित गरेको थियो ।
सो अवसरमा संस्थाक पूर्वअध्यक्ष सुबेदार धनबहादुर राई, पूर्व अध्यक्ष बिष्णु भक्त केरुङ, सामाजिक तथा राजनीतिक अगुवा रतन थिङलापु, सतासीधाम बहुमुखी क्याम्पसका प्रमुख बिदुर तिम्सिना, लेखा संयोजक पुष्प योङहाङ, दुधे बजार अध्यक्ष तथा संस्थाका लेखा समिति सदस्य डम्बर प्रसाद मैनाली, पत्रकार सेलिङ केसी, पत्रकार गोविन ल्वागुन लगायतको उपस्थिति थियो ।
उद्घाटनसत्रको स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष दुर्गा देबी मगरले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक सुजन चाम्लिङ राईले गरेका थिए ।



