गौरादह, २४ पुस–झापाको गौरादह नगरपालिका र कमल गाउँपालिकामा आज नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अनेरास्ववियू र युवा संघ नेपालको नगर कमिटी गठन भएको छ ।

युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला कमिटी झापाका इन्चार्ज खगेन्द्र बाराकोटीको उपस्थितिमा गौरादह र कमलमा युवा संघ र अनेरास्ववियूको अलग अलग कमिटी गठन भएको हो ।

सन्तोस मगरको अध्यक्षतामा ५१ सदस्यीय युवा संघ नेपाल गौरादह नगर कमिटी र मनिष खड्काको अध्यक्षतामा ३१ सदस्यीय गौरादह नगर कमिटी गठन भएको हो ।

त्यस्तैं, आजै कमल गाउँपालिका स्तरीय भेलाले अनेरास्वियू कमल गाउँकमिटी र युवा संघ कमल गाउँ कमिटी गठन भएको छ । युवा संघ नेपालका केन्द्रीय सदस्य तथा संघका झापा जिल्ला इन्चार्ज नेता खगेन्द्र बाराकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

पाडाजुङ्गीस्थित मगलमय माध्यमिक विद्यालयका आयोजित कमल गाउँपालिका स्तरीय भेलाको अध्यक्षता युवा संघ नेपाल झापा अध्यक्ष शुनिल थापाले गरेका थिए । सो कार्यक्रमलाई नेकपा (एकीकृत समाजवादी) कमल गाउँकमिटी अध्यक्ष होमबहादुर बरालले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा युवा संघ नेपाल केन्द्रीय सदस्य तथा नेकपा (एकीकृत समाजवादी) झापाका नेता हरिकृष्ण पौडेल, नारायणसिंह राजवंशी, अनेरास्ववियूका केन्द्रीय सचिव न्यूसन लामिछाने, युवा संघ झापाका उपाध्यक्ष प्रवल भण्डारी, जिल्ला सहसचिव दिपक खनालको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन युवा संघ नेपाल झापाका सचिव प्रतिक राजवंशीले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *