शिबगञ्ज, २४ पुस–बी.पी बहुउदेश्यीय सहकारी कृषि सेवा संस्थाको ३०औं बार्षिक साधारणसभा आज झापाको शिबगञ्जमा सम्पन्न भएको छ । शिबसताक्षी–६ शिबगञ्जका स्थानीय सामाजिक र राजनीति अगुवाहरुले २०४९ सालमा स्थापना गरिएको सहकारी संस्थाले आर्थिक बर्ष २०७७।०७८ का कार्य प्रगतीसहित आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि तयार गरिएको कार्ययोजना र लक्ष्यलाई समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
शिबगञ्जस्थित शान्ति टोलमा अवस्थित सामुदायीक भवनमा सम्पन्न ३०औं बार्षिक साधारणसभाको उद्घाटन सत्रमा वडा सदस्य बद्रीनाथ खनाल, रेडक्रस सोसाइटी शिबगन्ज उपशाखाका सभापति नारायण प्रसाद दाहाल, कनकाई सिचाई अध्यक्ष कमल भण्डारी, शिबसताक्षी उद्योग बाणिज्य संघका अध्यक्ष भोलानाथ मैनाली, आमा समुहकी भारती न्यौपाने, सामाजिक अगुवा अमृत बहादुर कटुवाल, युवा व्यवसायी नबीन तिम्सिना, वडा विकास खेलकुद समितिका अध्यक्ष गोकुल बिमली लगायतको उपस्थिति थियो ।
संस्थाका अध्यक्ष एबम् जन आदर्श माध्यमिक विद्यालयका शिक्षक दिनेश श्रेष्ठको अध्यक्षतामा ३०औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सो साधारणसभाको उद्घाटन गर्नुहुदै शिबसताक्षी–६ का बिकाशप्रेमी एबम् लोकप्रिय वडा अध्यक्ष एबम् नेपाली कांग्रेसका नेता मनोज खुलाल कार्कीले सहकारी संस्थाको माध्यमद्वारा गाउँ–गाउँमा व्यवसायीक क्षेत्रहरुको बिकासका साथमा साना–ठूला आर्थिक गतिविधिहरु हुदै आइरहेको बताउनुभयो ।
सहकारी संस्थाले शेयर सदस्यको आर्थिक आय-आम्दानी बृद्धि गराउन र उनिहरुको आर्थिक सबलीकरणतर्फ नितीगत योजनाहरु ल्याउनुपर्ने वडा अध्यक्ष कार्कीको भनाई थियो । वहाँले साना र मझौला उद्योग व्यवसाय सञ्चालनमा सहकारी संस्थाले लगानी गरिरहेकोले गाउँमा उद्यमशिलता सम्बन्धी तालिम र सहजिकरण गरिनुपर्नेमा जोड दिनुभयो । गाउँमा अहिले आर्थिक परिवर्तन भएकोछ, वडाध्यक्ष कार्कीले भन्नुभयो–”यो सवै सहकारी संस्थाको भूमिका हो ।”
कार्कीले सहकारी संस्थाले सहकारी शिक्षा र विक्तिय कारोबार शिक्षाका सदस्यहरुलाई अभिमुखिकरण गरिएको अवस्थामा थप सहकारी संस्थाको उदेश्य र सदस्यहरुले थप सेवा–सुविधा पाउनेमा आशाबादी भएको बताउनुभयो ।
संस्थाकी उपाध्यक्ष अम्बिका थापा निरौलाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी व्यवस्थापक मनिसा खुलाल कार्कीले गर्नुभएको थियो ।

