बिर्तामोड, २४ पुस–नेकपा एमाले झापाको अध्यक्षमा दिपक कार्की निर्वाचित भएका छन् ।
एमालेको १० औं जिल्ला अधिवेशनबाट अध्यक्षमा कार्की निर्विरोध निर्वाचित भएका हुन् ।
जिल्ला अधिवेशन अन्तरगत बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष पार्टी स्थायी कमिटीका सदस्य तथा झापा इन्चार्ज अग्नि खरेलले अध्यक्षमा कार्कीसहित पदाधिकारीहरु सर्वसम्मत चयन भएको घोषणा गरेका हुन् ।
पार्टी उपाध्यक्षमा प्रेमबहादुर गिरी, सचिवमा शिव ढुंगेल तथा उपसचिवमा चन्द्रा श्रेष्ठ र असारु राजवंशीको मात्र उम्मेदवारी परेकाले सबैजना निर्बिरोध भएका इन्चार्ज खरेलले जानकारी दिए ।
१५० सदस्यीय जिल्ला कमिटीमा ४०० जनाभन्दा बढीले उम्मेद्वारी दर्ता गरेको प्रारम्भिक जानकारी आएको छ । उपाध्यक्ष पदमा गोपाल बुढाथोकीले उम्मेद्वारी दर्ता गराए पनि फिर्ता लिएका छ ।
