झिलझिले, २५ पुस–पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले झापाको झिलझिलेस्थित वाटर किङडम पार्क एण्ड रिर्सोटको विधिवत् उद्घाटन गरेका छन् ।

शिबसताक्षी–८ झिलझिलेमा निर्माण भएको वाटर किङडम पार्क एण्ड रिर्सोटको आइतबार एक कार्यक्रमबीच ओलीले उद्घाटन गरेका हुन् ।

सो क्रममा अध्यक्ष ओलीले धार्मिक पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार र प्रवद्र्धन भएमात्र विकासको बाटो खुल्नेमा जोड दिएका छन् । व्यक्तिले लगानी गरेको स्थानलाई सबैले सकारात्मक ढङ्ले सोचे मात्र आफ्नो क्षेत्र बन्नेमा जोड दिदै आगामी दिनमा केन्द्रिय कमिटीको बैठक यही वाटर किङडम पार्कमा हुने बताएका छन् ।

उद्घाटन कार्यक्रममा एमालेका स्थायी समिति सदस्य अग्नि खरेल, राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल, झापा क्षेत्र नं ४ का संघीय सांसद एलपी साँवा लिम्बू, नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्की लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वाटर किङडम पार्कका लगानीकर्ता राजकुमार संग्रौलाले वाटर किङडममा निर्मित भौतिक संरचनाको बारेमा जानकारी गरएका थिए ।

 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *