इलाम, २६ पुस–नेकपा एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । आइतबार राति आएको परिणामअनुसार बस्नेतले ६९४ मत प्राप्त गरेका छन् । बस्नेत इलाम नगरपालिकाका मेयर समेत हुन् ।
उनका प्रतिद्वन्द्वी देवी क्षेत्री दुलालले ६४ मत ल्याएका छन् । उपाध्यक्षमा उदयबहादुर राई ६०४ ल्याउँदै विजयी भए ।
प्रतिद्वन्द्वी याम अधिकारीले १३७ मत प्राप्त गरे । सचिवमा प्रकाश अधिकारीलाई पराजित गर्दै उमेश गुरुङले विजयी भएका छन् । गुरुङले ५२७ मत ल्याउँदा अधिकारीले २२२ मत ल्याएका छन् ।
सहसचिवमा रविन्द्र सुवेदी ४४४ र विष्णुमाया आचार्य २७२ मतका साथ विजयी भए । सहसचिवका अन्य प्रत्यासी छवि श्रेष्ठले २५३, रमेश राईले १९७ र सन्तराम योङहाङले १२७ मत ल्याएका छन् ।
