काठमाडौं, २६ पुस–काठमाडौंको छुट्टाछुट्टै दुई स्थानको सवारी दुर्घटनामा दुई जना पैदलयात्रीको ज्यान गएको छ ।

दुर्घटनामा परी कालीकोटका विपिन विक र रामेछापका जीवनाथ गौतमको ज्यान गएको हो । विकलाई काठमाडौंको बिजुली बजारको सडकमा बाटो काट्ने क्रममा गए राति टिपरले ठक्कर दिएको हो ।

२२ वर्षका विकलाई ठक्कर दिने टिपर र चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ ।

यस्तै, गौतमलाई काठमाडौंको मिनभवन अगाडिको सडकमा बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो । ६३ वर्षका गौतमलाई ठक्कर दिने बा ०२ ० ३१ प ७५ ६२ नम्बरको मोटरसाइकल र चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *