काठमाडौं, २६ पुस–नेकपा (एमाले) ले दुई विशेष कमिटीसहित ४१ जिल्लाको नेतृत्व चयन गरेको छ।
शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ४१ जिल्लामा नेतृत्व चयन गरेको हो।
अहिलेसम्म प्रदेश १ का ९, प्रदेश २ को १, बागमती प्रदेशका १० जिल्लामा नेतृत्व चयन भइसकेका छन्।
त्यस्तै गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशका २ जिल्लामा नेतृत्व चयन भएको एमालेले जनाएको छ।
गत शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनमा बाँकीका केही जिल्लामा सहमतिको प्रयास जारी छ भने केहीमा चुनावी प्रक्रियाबाट नेतृत्व चुनिँदै छन्।
हेर्नुहोस् कुन प्रदेशमा को विजयी
प्रदेश १
१) झापाः दीपक कार्की
२) मोरङः ऋषिकेश पोखरेल
३) खोटाङः रामप्रसाद दंगाल
४) धनकुटाः इन्द्रमणि पराजुली
५) तेह्रथुमः तेजमान कन्दङवा
६) पाँचथरः राजकुमार भण्डारी
७) भोजपुरः शरणकुमार राई
८) इलामः महेश बस्नेत
९) सोलुखुम्बुः डुफकुमार बास्तोला
प्रदेश २
१) सप्तरीः ताराकान्त चौधरी
बागमती
१) धादिङः भूमी त्रिपाठी
२) काभ्रेपलाञ्चोकः अशोक ब्यान्जु
३) भक्तपुरः बचन देउजा
४) रसुवाः कर्णेल तामाङ
५) रामेछापः आनन्दकुमार श्रेष्ठ
६) नुवाकोटः बद्री मैनाली
७) मकवानपुरः एकलाल श्रेष्ठ
८) काठमाडौंः दीपक निरौला
९) ललितपुरः पुरुषोतम आचार्य
१०) सिन्धुलीः कुमारबहादुर कार्की
गण्डकी
१) गोरखाः प्रेम गुरुङ
२) तनहुँः श्रीप्रसाद श्रेष्ठ
३) म्याग्दीः देवेन्द्र बहादुर केसी
४) लमजुङः कृष्णप्रसाद अधिकारी
५) बागलुङः हिराबहादुर केसी
लुम्बिनी
१) पाल्पाः धनेन्द्रराज घिमिरे
२) गुल्मीः बालकृष्ण काउछा मगर
३) अर्घाखाचीः पिताम्बर भुसाल
४) बाँकेः किस्मत कुमार कक्षपती
५) बर्दियाः लालबहादुर श्रेष्ठ
६) दाङः हुकुमबहादुर बस्नेत
७) रुपन्देहीः तेजेन्द्र केसी
८) कपिलवस्तुः डम्मर शर्मा
९) नवलपरासीः दीपेन्द्र अधिकारी
कर्णाली
१) डोल्पाः शेरबहादुर बुढा
२) सल्यानः गोविन्द पुन मगर
३) जुम्लाः शान्तिलाल महत
सुदूरपश्चिम
१) डडेल्धुराः प्रकाश साउद
२) बैतडीः सुरेन्द्र पाल
गैरभौगोलिक जिल्ला
१) मजदूर विशेषः जितेन्द्र श्रेष्ठ
२) पेशागत विशेषः उमेश ढकाल
