धरमपुर, २६ पुस–झापाको शिबसताक्षी–२ मा निर्माणधिन अवस्थामा रहेको धरमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आज दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा सञ्चालक समितिका अध्यक्ष होमप्रसाद गौतमले आर्थिक बर्ष २०७७।०७८ मा भएका प्रगती प्रतिवेदन र समितिका सचिव एबम् साविकः धरमपुर–६ का वडा अध्यक्ष ताराप्रसाद गौतमले सचिवको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साविकः धरमपुर वडा नं ६ मा युवराज राई र वीरबहादु राईले रु ४० लाख बढी मुल्य पर्ने ६ कठ्ठा जमिन उपलब्ध गराएपछि शिबसताक्षी–२ मा धरमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन भएको हो ।

तत्न्कालिन तोपगाछीका प्रधानपन्च पदमबहादुर राईका पुत्रद्धय राईले खानेपनी आयोजनाका लागि निःशुल्क जग्गा दान गरेका हुन् ।

सो खानेपानी तथा सरसफाई उपभोक्ता समितिले शिबसताक्षी–१, २ र ३ (साविकः धरमपरका वडा नं ८ र ९ बाहेक अन्य सवै वडाहरु) मा सेवा विस्तार गर्ने भएको छ । सो खानेपानी आयोजनाको क्षमता चार लाख पचास हजार लिटरको छ ।

खानेपानीको ओभरहेड ट्याङ्की निर्माण गर्न र पचास किलोमिटर बढी पाइपलाइन बिस्तार गर्ने योजनामा रहेको समितिका अध्यक्ष गौतमले बार्षिक साधारणसभामा जानकारी गराउनुभयो । अध्यक्ष गौतमका अनुसार आयोजनाका भौतिक संरचनाका ९० प्रतिशत कामहरु सम्पन्न भइसकेका र पाइप लाइन बिछ्याउने काम मात्रै बाँकी रहेको छ ।

पाइप लाइन बिछ्याउने कार्यमा लाग्ने खर्च खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वडा कार्यालय, नगर कार्यापालिकाको कार्यालय र सम्बन्धीत कार्यालयमा मागसहित ध्यानाकर्षण समेत गराएको छ ।

अध्यक्ष गौतमले २०५५ सालमै पूर्वपश्चिम लोकमार्ग उत्तरको चुरे बन क्षेत्रबाट शुद्ध पिउने पानीको व्यवस्थापन गर्न लागिएको भएपनि सो पुरा नभएको बताउनुभयो ।

२०७४ सालमा धरमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन भएको हो ।

होमप्रसाद गैतमको अध्यक्षतामा बार्षिक साधारणसभाका प्रमुख अतिथि वडाध्यक्ष कुलबहादुर बस्नेतले खानेपानी तथा सरसफाईको आयोजनालाई सफल बनाउन सहयोग गर्ने बताउनुभयो ।

समितिका उपाध्यक्ष दुर्गाप्रसाद आचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन समितिका सदस्य तारा सिग्देलले गर्नुभएको थियो ।

बार्षिक साधारणसभामा जग्गा दाता युवराज राई र वीरबहादु राईको समेत उपस्थिती थियो । सो कार्यक्रममा साविकः धरमपुर–३ का पूर्व वडा अध्यक्ष अग्नीप्रसाद सापकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *